एप्पलले आईफोन ‘ब्याट्रीगेट’ मिलाउन ११३ मिलियन डलर जरिवाना तिर्ने

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार १४:०१ प्रविधि

न्युयोर्क | अमेरिकी कम्पनी एप्पलले ग्राहकले प्रयोग गरिरहेका आइफोन स्लो बनाइदिएको मुद्दा हारेको छ।

हारसंगै अब कम्पनीले ग्राहकलाई ११३ मिलियन डलर (साढे १३ अर्ब रुपैयाँ) जरिवाना तिर्ने भएको छ ।

बीबीसीका अनुसार एप्पलले ब्याट्रीगेट मामिलामा सेटलमेन्टको लागि यो रकम दिने घोषणा गरेको हो ।

अमेरिकाका ३४ राज्यहरुले संयुक्त रुपमा एप्पलमाथि अनुसन्धान गरिरहेका थिए । यसअघि पनि एप्पलले यस्तै मुद्दामा ५ सय मिलियन डलर जरिवाना तिरिसकेको छ ।

अहिलेको जरिवानासँगै एप्पलले आफ्ना ग्राहकले चलाइरहेका आइफोन स्लो बनाइदिएको अभियोगमा ६१३ मिलियन डलर (झण्डै ७३ अर्ब रुपैयाँ) जरिवाना तिर्नुपरेको छ ।

के हो ब्याट्रीगेट मामिला ?

स्मार्टफोनमा अपरेटिङ सिस्टमसँगै विभिन्न किसिमका सफ्टवेयर हुन्छन् र कम्पनीले बेलाबेला यसका अपडेट जारी गर्छन् ।

२०१७ मा आइफोनको लागि अपडेट जारी गरेको थियो । तर यो अपडेटले त्यतिबेला चलनचल्तीमा रहेका आइफोनहरु स्लो भए।

कम्पनीले अपडेट जारी गर्नुभन्दा पहिले यसबारे कुनै जानकारी दिएको थिएन । कम्पनीको अपडेटले फोन स्लो भएपछि एप्पलले पुरानो ब्याट्रीले फोन आफैं अफ नहोउन् र फोनमा अन्य समस्या नआउन् भनेर स्लो गरिएको तर्क दियो ।

एप्पलको यो तर्क ग्राहकलाई मन परेन र अमेरिकाका ३४ राज्यले एप्पलविरुद्ध अनुसन्धान सुरु गर्दै अदालत पुगे ।

अमेरिकाका यी राज्यहरुले अदालत जाँदा एप्पलले पुराना आइफोन स्लो गराइदिएर ग्राहकलाई नयाँ र महंगा मोडलका आइफोन किन्न बाध्य पारेको दावीसहित गएका थिए ।

अदालतले अमेरिकी राज्यहरुको यो दावीलाई स्वीकार गरेर एप्पललाई यो अपडेटबाट प्रभावित भएका सबै ग्राहलाई २५–२५ डलर क्षतिपूर्ति दिन आदेश दियो ।

यो अपडेटले एप्पलका आइफोन ६, आइफोन ६ एस, आइफोन ६ प्लस, आइफोन ७, आइफोन ७ प्लस र आइफोन ७ एसइ प्रभावित भएका थिए।

यी मोडलका सबै प्रयोगकर्तालाई क्षतिपूर्ति दिँदा एप्पलले यति ठूलो रकम क्षतिपूर्ति दिनुपरेको हो ।

प्रतिक्रिया दिनुहोस्

खोज्नुहोस्

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०