ब्रेकिङ न्युज:

लाल–भागीरथा पुरस्कार: साहित्यकार, कृषक र असल गृहिणीलाई

जागरणपोस्ट ५ मंसिर २०७७, शुक्रबार ११:२५

झापा | लाल–भागीरथा बानियाँ प्रतिष्ठानले साहित्य, कृषि र असल संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने तीन प्रतिभालाई पुरस्कृत गर्ने भएको छ । छन्दोबद्ध महाकाव्यलगायत दर्जनौँ कृति प्रकाशन गरिसक्नुभएका कनकाई नगरपालिका–३ का साहित्यकार मित्रप्रसाद दाहाललाई ‘लाल भागीरथा बानियाँ उत्कृष्ट प्रतिभा पुरस्कार’ प्रदान गरिनेछ ।

प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँका अनुसार प्राङ्गारिक कृषिका क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गर्दै आउनुभएका मेचीनगर नगरपालिका–१४ निवासी डिल्ली खतिवडालाई ‘लाल भागीरथा बानियाँ स्मृति कृषि पुरस्कार’ र सन्तानलाई असल संस्कार दिएर सुखी र समृद्ध परिवार निर्माणमा योगदान दिएवापत अर्जुनधारा निवासी यशोदा बराललाई ‘लाल भागीरथा बानियाँ असल गृहिणी पुरस्कार’ले सम्मान गरिनेछ ।

ती पुरस्कार रु ३१ हजार नगदराशिको हुने छ । यही मङ्सिर २० गते प्रतिष्ठानको कार्यालय मेचीनगर –११ धाइजनमा लाल–भागीरथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने अध्यक्ष बानियाँले बताउनुभयो । प्रतिष्ठानले गत वर्षदेखि स्थानीय प्रतिभाको खोजी गरी पुरस्कृत गर्दै आएको हो । गत वर्ष सामाजिक सेवातर्फ मेची बहुमुखी क्याम्पसका तत्कालीन प्रमुख कमल गुरागाईँ, कृषि विज्ञानतर्फ भद्रपुर नगरपालिका–१० का भीम कुँवर र असल गृहिणीतर्फ मेचीनगर नगरपालिका–१० की नीतु सुवेदीलाई पुरस्कृत गरिएको थियो । राजनीतिक, शैक्षिक र सहकारी क्षेत्रका झापाका अगुवा हरिचरण र उहाँका दाजुभाइले पिता स्व लालबहादुर र माता स्व भागीरथाका स्मृतिमा हरेक वर्ष तीन प्रतिभालाई पुरस्कृत गर्ने गरी रु १० लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।

 

जनही २ लाख नगदसहित एनआरएनए अन्तर्राष्ट्रिय सहित्य पुरष्कार कोषको स्थापना

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४