चोटका कारण कप्तान रामोसले महत्वपूर्ण तीन खेल गुमाउने

जागरणपोस्ट ५ मंसिर २०७७, शुक्रबार १२:१० खेलकुद

एजेन्सी  | स्पेनिस क्लब रियल मड्रिडका कप्तान तथा सेन्टर ब्याक सर्जियो रामोसले महत्वपूर्ण तीन खेल गुमाउने पक्का भएको छ । दाहिने तिघ्रामा लागेको चोटका कारण उनले ला लिगामा भिलारियल र अलाभेस साथै च्याम्पियन्स लिगमा इन्टर मिलानसँगको खेल गुमाउने भएका हुन्।

रियल मड्रिडले भिलारियलसँग शनिबार राति ९ बजे खेल्दैछ भने आउने बिहीबार च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा इन्टर मिलानसँग खेल्दैछ। त्यसको तीन दिन पछि नै ला लिगामा अलाभेससँग खेल रहेको छ। डिफेन्डर रामोसले डिसेम्बर १ मा हुने च्याम्पियन्स लिग अन्तर्गत शख्तर डोनेस्कसँगको खेल भने खेल्न सक्ने अनुमान गरिएको छ।

 

 

युइएफए नेसन्स लिग अन्तर्गत स्पेनले जर्मनीलाई ६–० ले हराएको खेलमा चोटका कारण रामोसले मैदान छोड्नुपरेको थियो। ४० औँ मिनेटमा रामोस बाहिरिएपछि पनि स्पेनले जर्मनीलाई दोस्रो हाफमा थप तीन गोल हानेको थियो। तर रियल मड्रिड टिममा भने कप्तान रामोसबिनाको पछिल्ला अवस्था सहज छैन।

च्याम्पियन्स लिगमा त रामोस बिना रियल मड्रिडले खेलेका पछिल्ला आठ खेलमा सात खेल गुमाएको छ। जसमा २०१८–१९ को च्याम्पियन्स लिगमा आयाक्ससँग ४–१, गएको सिजन म्यानचेस्टर सिटीसँगको २–१ को हार र यसै सिजन शख्तर डोनेस्कसँगको ३–२ को हारसमेत रहेका छन्।


बार्सिलोनाका उत्कृष्ट युवा खेलाडी विंगर अन्सु फाती घाइते

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान पारसको ऐतिहासिक शतक

प्रतिक्रिया दिनुहोस्

खोज्नुहोस्

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०