नेकपा विभाजन हुँदैन : उपाध्यक्ष गौतम

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार १५:५६ flashwithoutimage

दाङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले पार्टीमा विभाजन नआउने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिनुभयो । “म कुनै गुटमा छैन, म सधँै गुटको विपक्षमा हुन्छु उहाँले भन्नुभयो, “ मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन ।”

तत्काल नेकपा फुट्दैन – प्रधानमन्त्री

पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन सयममा समाधान नगरिदा अहिले समस्या आएको उहाँको भनाइ छ । उपाध्यक्ष गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तयगर्ने र त्यही कार्यसूचीका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने बताउनुभयो । उहाँले पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने छ भन्नुभयो उपाध्यक्ष गौतमले मुलुक समृद्धिको मार्गमा अघि बढेको र सरकारले घोषणा पत्रअनुसार काम गर्नुपर्नेसमेत बताउनुभयो ।

आरोप प्रत्यारोपमा नेकपा – पोख्रेल भन्छन आरोप पुष्टि गर नत्र हिसाबकिताव बराबर गरिन्छ

कुनै पनि हालतमा नेकपा फुट्दैनः मन्त्री श्रेष्ठ

 

प्रतिक्रिया दिनुहोस्

खोज्नुहोस्

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०