हाते ट्याक्टरको प्रयोगमा वृद्धि

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार १६:१९ समाज

पछिल्लो समय किसान खेत जोत्न, धान चुट्न, गहुँ काट्न तथा मकै छर्न लगायतका काममा आधुनिक कृषि औजारको प्रयोगमा कृषक आकर्षित हुन थालेका छन् । उनीहरुले हाते ट्र्याक्टर र थ्रेसरको प्रयोग गर्न थालेका हुन् । ती औजारको प्रयोगले समय र श्रम दुवै कम हुने भएकाले उनीहरु ती औजारप्रति बढी आकर्षित हुने गरेका हुन् ।

गोरुले जोत्नुभन्दा हाते ट्र्याक्टरले खेत जोत्न छिटो तथा सजिलो हुने दिपायल पिपल्लाकी देबकी कठायत खड्काले बताउनुभयो । “महिलाले पनि सजिलै जोत्न सक्ने मिल्ने भएका कारण जिल्लामा हाते ट्र्याक्टरको माग बढ्दै गएको हो,” उहाँले भन्नुभयो, “पछिल्लो समय मैले पनि हाते ट्र्याक्टरले खेत जोत्न थालेकी छु, राम्रै भएको छ ।” यहाँका अधिकांश किसानले गोरुले खेत जोत्नुको सट्टा हाते ट्र्याक्टरले खेत जोत्न थालेका छन् । यसका साथै जिल्लामा धान चुट्न तथा गहुँ काट्नका लागि थ्रेसर औजारको प्रयोग पनि बढ्दै गएको छ ।

गोरुले एक दिनमा जोत्ने खेत हाते ट्र्याक्टरले एक/दुई घण्टामा सक्ने भएकाले समय र श्रमसमेतको बचत हुने सिलगढी नगरपालिका–३ बाँफी गाउँका हिक्मतबहादुर साउदले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गोरु नलाग्ने ठाउँसमेतमा हाते ट्र्याक्टर लैजान र जोत्न सकिने भएकाले यसको राम्रो माग छ, छिटोछरितो काम गर्न निकै उपयोगी साधन छ हाते ट्र्याक्टर ।” पछिल्लो समय जिल्लामा हाते ट्र्याक्टर तथा थ्रेसर औजार खरीद गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका प्रमुख यज्ञराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि यन्त्रको माग बढेपछि कतिपय किसानलाई हामीले पनि अनुदानमा कृषि यन्त्र दिन थालेका छौँ, कतिपयले त आफैँ पनि किनेर प्रयोग गर्ने गरेको पाइएको छ ।”

निर्देशनालयले आधुनिक उपकरणमा अनुदान दिँदै आएको र जिल्लाभर १०० भन्दा बढी किसानले अनुदानमा विभिन्न कृषियन्त्र पाएको जनाएको छ । शहर बजार तथा समथल क्षेत्रमा भन्दा पनि यहाँका ग्रामीण क्षेत्रका खेतमा कृषि औजारको बढी प्रयोग हुने गरेको किसान बताउँछन् । रासस

बन्दाबन्दीमा चोयाका सामग्रीबाट ६० हजार आम्दानी

प्रतिक्रिया दिनुहोस्

खोज्नुहोस्

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०