ब्रेकिङ न्युज:

कवि शेरचनको व्यक्तित्व र कृतित्वमाथि लेखिएका कृति पठाउन आह्वान

जागरणपोस्ट ९ मंसिर २०७७, मंगलवार ११:५२

बागलुङ | धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले प्रदान गर्ने ‘भूपि पुरस्कार’का लागि कवि शेरचनको व्यक्तित्व र कृतित्वमाथि लेखिएका कृति आह्वान गरिएको छ । सोमबार बसेको प्रबन्ध समितिको बैठकले यही मङ्सिर २५ गतेभित्र कृति पठाउन आह्वान गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानले साहित्यिक संस्था र स्रष्टालाई आलोपालो गरी बर्सेनि पुरस्कार प्रदान गर्दै आएको छ । यो वर्ष स्रष्टालाई पुरस्कृत गरिने प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो । पुरस्कारको राशि रु २५ हजार छ । आउँदो पुस १० गते भूपि जयन्तीका अवसरमा पुरस्कार समर्पण गरिने छ । कवि भूपि शेरचनको व्यक्तित्व र कृतित्वमाथि लेखिएका विवेचनात्मक कृतिले पुरस्कारको मूल्याङ्कन प्रक्रियामा प्राथमिकता पाउने अध्यक्ष रोशनले बताउनुभयो ।

अनुसन्धानमूलक कृति ‘भूपिका कवितामा व्यङ्ग्यालङ्कार–चेतना’का लागि विसं २०७५ को ‘भूपि पुरस्कार’ साहित्यकार एवं त्रिभुवन विश्वविद्यालयका तत्कालीन शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले प्राप्त गर्नुभएको थियो । दोस्रो पुरस्कार संस्थागततर्फ गत वर्ष थकाली समाज बुटवलले पाएको थियो । समाज भूपिको स्मृतिमा प्रवेशद्वार, शालिक, पुस्तकालय, अक्षयकोष निर्माणलगायत भाषा, साहित्यको प्रवद्र्धनमा सक्रिय छ ।

भूपि जयन्तीकै अवसरमा प्रतिष्ठानले ‘धवलागिरि साहित्य सम्मान’समेत प्रदान गर्दै आएको छ । यो वर्षपदेखि ‘काजी रोशन युवा पुरस्कार’समेत प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष रोशनले जानकारी दिनुभयो ।

विसं २०७३ मा स्थापित पुरस्कार कोषमा हालसम्म रु सात लाखभन्दा बढी जम्मा भएको छ । जनस्तरबाट सहयोग जुटाएर पुरस्कार स्थापना गरिएको प्रतिष्ठानले जनाएको छ । विसं १९९० पुसमा मुस्ताङको थाक, टुकुचेमा जन्मनुभएका भूपि नेपाली साहित्यको विशिष्ट प्रतिभा हुनुहुन्छ ।

 

हुँदैन बिहान मिर्मिर तारा झरेर नगए……

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४