ब्रेकिङ न्युज:

उत्पादकत्व वृद्धि गरी आत्मनिर्भर बनाउन तनहुँले पशुमा पूर्ण खोप अभियान

जागरणपोस्ट ९ मंसिर २०७७, मंगलवार १४:५१

तनहुँ | भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले पशुपक्षीमा पूर्ण खोप लगाउने अभियान शुरु गर्न लागेको छ । पशुपालन क्षेत्रमा उत्पादकत्व वृद्धि गरी जिल्लालाई आत्मनिर्भर बनाउने र आयात प्रतिस्थापन गरी निर्यातमा प्रवद्र्धन गर्ने उद्देश्यले यसै वर्षदेखि उक्त अभियान शुरु गर्न लागिएको हो ।

 

विशेषगरी पशुपालनमा हुने खोरेत, रेबिज, पिपिआरलगायतका खोप लगाएर रोग लाग्नबाट बचाउन लागिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त अभियानअन्तर्गत करीब ८० प्रतिशत पशुमा खोप लगाउन सकिए पूर्ण खोप अभियान सफल भएको मानिन्छ । उहाँले भन्नुभयो, “पहिलो चरणमा जिल्लाका कुनै दुई पालिकाबाट अभियान शुरुआत गरिनेछ ।” सर्वप्रथम सबै घरमा पुगेर गाईभैँसी, बाख्रा, कुकुरलगायत पशुपक्षीको तथ्याङ्क लिएर अभियान अघि बढाइने उहाँले बताउनुभयो । पछिल्लो समय उक्त रोग समस्याका रुपमा रहेकाले यसविरुद्ध खोप दिन थालिएको छ ।

 

गत वर्ष जिल्लाका ६० हजार बाख्रालाई पिपिआर खोप प्रदान गरिएको सो कार्यालयले जनाएको छ । नगरपालिका र गाउँपालिकाको मागअनुरुप उक्त खोप लगाइएको हो । उहाँले भन्नुभयो, “बाख्रापालन गर्नेको सङ्ख्या बढ्दै गएकाले यस वर्ष खोपको माग अझै बढ्न सक्ने सङ्केत देखिएको छ ।”

 

पछिल्लो समय जिल्लामा पशुपालन व्यवसायतर्फ किसान आकर्षित बन्दै गएका छन् । दूध मात्रै वार्षिक ५० हजार मेट्रिक टन उत्पादन भई जिल्ला आत्मनिर्भर बन्दै आएको छ । दूध र अण्डामा तनहुँ आत्मनिर्भर भएपछि अन्यत्र निर्यात गर्दै आइएको छ ।

 

मासुमा जिल्ला आत्मनिर्भर बने पनि बाह्य जिल्लामा निर्यात भने गर्न सकिएको छैन । कार्यालय प्रमुख डा श्रेष्ठले भन्नुभयो, “अब मासु उत्पादनमा वृद्धि गराई बाह्य जिल्लामा समेत निर्यात गर्ने लक्ष्य राखिएको छ ।” जिल्लामा उत्पादित दूधमध्ये ५० प्रतिशत बाह्य जिल्लामा निर्यात हँुदै आएको तथ्याङ्कमा उल्लेख छ ।

 

पशुपालन किसानलाई प्रोत्साहन गर्न सरकारले दूधमा प्रतिलिटर रु साढे दुई अनुदानको व्यवस्था गरेको छ । ससाना दुग्ध सहकारी संस्थालाई प्रोत्साहन गर्न रु ९० लाख बजेट विनियोजन गरिएको उक्त कार्यालयले जनाएको छ । जिल्लामा करीब १८ दुग्ध सहकारीमार्फत दूध सङ्कलन हुँदै आएको छ ।

 

दूध दिन छाडेपछि आधा दर्जन गाईलाई झुण्ड्याएर मारेको फेला पर्यो

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११