बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ ।
मंगलवार दिउँसो १ बजेतिर झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना१ज २१९६ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य सात जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ
जीपमा चालकसहित १२ जना यात्रु सवार रहेको बताइएको छ । घाइतेलाई जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
घटनासम्बन्धी अन्य विवरण आउन बांकी छ।