ब्रेकिङ न्युज:

नेकपा महासचिव पौडेललाई बुटवलमा देखाइयो कालोझण्डा

जागरणपोस्ट १० मंसिर २०७७, बुधबार ११:४८

बुटवल : नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई गृहजिल्ला रुपन्देहीमा कांग्रेस कार्यकर्ताले कालोझण्डा देखाएका छन्।

मंगलबार बुटवल आएका पौडेललाई बुटवलमै नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ रुपन्देहीले कालोझण्डा देखाएका हुन्।

लुम्बिनी प्रदेशको राजधानी मन्त्रीपदसँग साटेको भन्दै उनीहरुले बुटवलको नेपालगञ्जरोडमा ब्यानरसहित उभिएर कालोझण्डा देखाएका हुन्।

मन्त्री पौडेल बुटवलबाट सैनामैनामा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै थिए।

कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाउँदै पौडेलविरुद्ध नाराबाजी पनि गरेका थिए।

सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकोले कालो झण्डा प्रदर्शनका क्रममा कुनै अप्रिय घटना भने हुन नपाएको प्रहरीले जनाएको छ।

 

अर्थमन्त्री भएपछि पहिलोपल्ट गृहजिल्ला पुग्नुभएका मन्त्री पौडेललाई मन्त्री पदसँग लुम्बिनी प्रदेशको राजधानी साटेको आरोप लगाउँदै तरुण दल र नेविसंघका युवाहरुले बिहान कालोझण्डा देखाएका हुन । नेकपाका महासचिव समेत रहेका पौडेललाई तिनाउ पुल नजिकै नेपालगञ्जरोडमा कांग्रेस कार्यकर्ताहरुले कालोझण्डा देखाउँदै विरोध प्रदर्शन गरेका हुन ।

अर्थमन्त्री पौडेल सैनामैनामा सञ्चालित परियोजनाको अवलोकन गर्न त्यहाँ जाँदै थिए । बुटवलमा रहेको प्रदेशको अस्थायी राजधानी दाङ लैजाने प्रस्ताव प्रदेश सरकारले प्रदेश सभामा पेस गर्दा बुटवल क्षेत्रबाट निर्वाचित सांसद भएर पनि पौडेल चुप लागेको भन्दै विरोध हुँदै आएको छ ।

 

मन्त्री पौडेलले सरकारले जनसरोकारका विषयमा गम्भीरतापूर्वक विषयहरुलाई लिएको र ती विषयहरुमा निर्णयहरु हुँदै जाने बताए ।
‘जनसरोकारका विषय र जनचासोका विषयहरुमा अर्थ मन्त्रालयले गर्ने काममा अर्थ मन्त्रालयले एकदमै गम्भीर रुपमा काम गर्छ भने अर्थमन्त्रालयबाट हुन नसक्ने काम मन्त्रिपरिषदमा जान्छन् र त्यहाँबाट निर्णय हुन्छ,–उनले भने ।

 

महासचिव पौडेलले प्रेस संगठनले हिजो बेलुका बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा आफू पहिलोपल्ट अर्थमन्त्री नभएकाले राजधानीसँग मन्त्री साट्नु पर्ने कुनै आवश्यकता नभएको बताएका छन । उनले नेकपाको एकता गम्भीर मोडमा उभिएको समेत बताएका थिए ।

 

भारतीय सेना प्रमुखको विमानस्थलमा स्वागत, माइतीघरमा प्रदर्शन

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११