ब्रेकिङ न्युज:

सुनकोशीको फोक्सिङ्टारमा पुनः अस्थायी बेलिब्रिज जडान शुरु

जागरणपोस्ट ११ मंसिर २०७७, बिहीबार ०८:०७

खोटाङ |  सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीको फोक्सिङ्टार स्थितमा पुनः अस्थायी बेलिब्रिज जडानको काम शुरु गरिएको छ । दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको सिमाना फोक्सिङ्टारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडानको काम शुरु गरिएको हो ।

फोक्सिङ्टारमा यही मङ्सिर तेस्रो साताभित्र यातायात पुनः सञ्चालन गर्ने गरी अस्थायी बेलिब्रिज जडानको काम भइरहेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इञ्जिनीयर गोपाल खकुरेलले बताउनुभयो । इञ्जिनीयर खकुरेलका अनुसार बेलिब्रिज पुनः जडानका लागि दशँैतिहार अघि नै ठेक्का प्रक्रिया टुङ्ग्याइएकाले तिहारलगत्तै ठेकेदार कम्पनीले जडानको काम थालेको हो ।

बेलिब्रिज जडान र खोल्नका लागि चालु आर्थिक वर्ष कार्यालयले रु ८४ लाख लागत मूल्यमा रेग्मी निर्माण सेवा गाईघाटलाई ठेक्का दिएको छ । बेलिब्रिज खोलेसँगै खोटाङ र उदयपुरको गाडी कोशीवारिको वारि नै र पारिको पारि नै रोकिएका छन् ।

दिक्तेलबाट फोक्सिङ्टार पुगेका यात्रुलाई रसुवाघाटस्थित झोलुङ्गे पुल तर्नुपर्ने या डुङ्गाको सहारा लिएर वारपार गर्नुपर्ने बाध्यता छ । हिउँदभर सञ्चालन गर्ने र वर्षामा झिक्ने गरी फोक्सिङटारमा विगत छ वर्षअघिदेखि हरेक वर्ष करिब ५० मिटर लम्बाइ भएको अस्थायी बेलिब्रिज सञ्चालन गर्ने गरिएको छ ।

फोक्सिङटारमा अस्थायी बेलिब्रिज राख्ने र झिक्ने क्रममा वार्षिक रु ८० लाखको हाराहारीमा राज्यकोषको रकम खर्च हुँदै आएको छ । पूर्वी शहरबाट भित्रिने सिमेन्ट, रड, जस्तापाता, इँटालगायतका निर्माण सामग्री तथा दैनिक उपभोग्यवस्तु सोही मार्ग भएर जिल्लाका लागि ढुवानी गर्ने गरिएको छ ।

पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने फोक्सिङ्टारमा पक्की पुल निर्माणको काम थालिए पनि अहिलेसम्म सम्पन्न भएको छैन । निर्माण सम्पन्न गर्ने समय सकिँदा पनि ठेकेदार कम्पनीको लापरवाहीले फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलको पिलर मात्र तयार भएको छ ।

 

बस्तीमा बाढीको उच्च जोखिम रहेको भन्दै सतर्क रहन आग्रह

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११