विश्वकप क्रिकेट : वेष्ट इन्डिज र बंगलादेशको खेल आज

Bijay Gyawali २ असार २०७६, सोमबार ०७:५०

२ असार, विश्वकप क्रिकेटमा आज वेष्ट इन्डिजले बङ्ग्लादेश बिरुद्द प्रतिस्पर्धा गर्दैछ ।
इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा आज नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा वेष्ट इन्डिज र बंगलादेशबीचको खेल सुरु हुनेछ ।बंगलादेश र वेष्ट इन्डिज दुवै टिमले दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा भने अंक बाँडेका छन् । वेष्ट इन्डिजले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै जित हात पारेको थियो । तर दोस्रो खेलमा अष्ट्रेलियासँग १५ रनले पराजित भयो । आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध भने पानी परेपछि रद्द भएसँगै अंक बाँडेको थियो । अर्को खेलमा भने वेष्ट इन्डिज इंग्ल्यान्डसँग आठ विकेटले पराजित हुन पुग्यो ।
यता, बंगलादेशले भने आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गर्‍यो । तर आफ्नो दोस्रो खेलमा भने न्युजिल्यान्डसँग दुई विकेटले पराजित भयो । त्यस्तै, इंग्ल्यान्डविरुद्धको खेलमा बंगलादेश १०६ रनले पराजित भयो । श्रीलंकाविरुद्धको खेल भने वर्षा भएपछि अंक बाँडेको थियो ।
बंगलादेश टिम
मश्रफे मोरटजा (कप्तान), अबु जायद, लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन, मोहम्मद मिथुन, मोहम्मद सइफुदिन, मोसदक हुसेन, मुश्फिक्यर रहिम, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, सबिर रहमान, शकिब अल हसन, सौम्या सरकार, तमिम इकबल ।
वेष्ट इन्डिज टिम
ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, एश्ले नर्स, किमार रोच, ओशेन थोमस, फावियन एलेन र स्यानन गाब्रियल ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८