ब्रेकिङ न्युज:

धन्यवाद, प्रधानमन्त्रीज्यू !

जागरणपोस्ट १२ मंसिर २०७७, शुक्रबार ०६:०७
  धन्यवाद प्रधानमन्त्रीज्यू, दक्षिण एशियामैं प्रथम हुनुभयो।
 म आफूपनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न। भ्रष्टाचारीको मुखसमेत हेर्दिन भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्चमा भाषण गर्दा जहिले पनि तरर ताली पड्कियो मात्र। यतिमात्र होईन २०७६/६/१६ को मन्त्रीपरिषदको निर्णयअनुसार हरेक सरकारी कार्यालयहरुमा `म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न र देश र जनताप्रति निष्ठावान भएर लाग्नेछु।´ भन्ने सन्देशसहितको बोर्ड अनिवार्य टाँस्ने निर्णय पनि भएको हो।
   मूख्यत: बोलीलाई ब्यवहारमा उतार्न सक्नुपर्दछ। सबैभन्दा पहिला नेतृत्त्वमा ईमानदारिता देखिनुपर्दछ। नेतृत्त्व ईमान भैदियो भने कर्मचारी पनि स्वत: ईमान हुन्छन। नेतृत्त्व नै बेईमान र भ्रष्ट भैदियो भने त्यो देशमा भ्रष्टाचार केहि गरे पनि रोक्न सकिँदैन।
देशमा भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याई कारवाही गर्नको लागी अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ। भ्रष्टाचार र सुशासन नियमन गर्न राष्ट्रिय सतर्कता केन्द्र छ। अनुसन्धान केन्द्र छ। दोषीलाई सजाय तोक्ने अदालतहरु छन। तर, यी सबै निकायहरु राजनैतिक दाऊपेचको सिकार बनेका छन। स्वतन्त्र नियुक्ति हुनुपर्ने निकायमा राजनैतिक दाऊपेचको अड्डामात्र बनेका छन। राजनैतिक नियुक्तिले गर्दा संस्थाहरु हात बाँधिएसरह भएका छन। परिणामत: शून्य छ।
    मूख्य कुरा सुशासन कायम गर्नुपर्ने प्रमूख जिम्मेवारी कार्यकारी प्रधानमन्त्रीको हो। देशको कार्यकारिणी अधिकार प्राप्त गरिसकेको प्रधानमन्त्रीले बोलीमाझैं ब्यवहारमा पनि उतार्न सक्नुपर्थ्यो, तर त्यसो कदापी हुन सकेन। यो बिडम्वनापूर्ण कुरा हो।
यत्तिको बलियो र शक्तिशाली सरकार भैसकेपछि सर्वप्रथम प्रधानमन्त्रीको ध्यान भ्रष्टाचार निवारण र सुशासन कायम राख्नेतर्फ हुनुपर्थ्यो। प्रधानमन्त्रीलाई राम्रोसंग थाहा छ, देश बिकाश नहुनुको मूख्य कारण भ्रष्टाचार हो र भ्रष्टाचारले गर्दा देशमा सुशासन कायम गर्न सकिँदैन भन्ने कुरा। बिकाशका गफ छाडेर सबैभन्दा पहिला प्रधानमन्त्रीले गर्नुपर्ने मूख्य काम यी दूईवटा थिए, तर भाषणमा जस्तो ब्यवहारमा उतार्न भने प्रधानमन्त्री नराम्रोसंग चुकेकै हुन।
   देशमा अहिले तत्काल आवश्यकता नै नभएको रेल, पानीजहाज र भ्युटावर समृद्धि आयो, प्रधानमन्त्री ओलीको पालामा अनेकन युगको उदय भयो। अनेकन सस्ता र जगहंसाईका प्रचारबाजि भए, तर मूख्य हुनुपर्ने काम नै हुन सकेन।
नेकपाकै नेता तथा मन्त्रीहरु अनेकन भ्रष्टाचार काण्डमा मुछिए, प्रधानमन्त्री ओली तिनै दागी नेता मन्त्रीहरुको बंचाऊमा ओर्लिए। भ्रष्टाचारीको प्रवक्ताझैं गरेर बक्तव्यवाजीमा ओर्लिए। आरोपितहरु प्रधानमन्त्रीबाटै पुरस्कृत भैरहे, तर देश र जनता भने हमेसा तिरस्कृत र उपेक्षामा परिरहे।
    वाईडबडी काण्ड हुँदै सेक्युरिटी प्रीन्ट खरिद प्रकरणदेखि बालुवाटार जग्गा प्रकरणसम्म आईपुग्दा प्रधानमन्त्री ओलीका पालामा १२ वटा ठुला घोटालाका काण्ड बाहिर आए। तर काण्ड घटाऊने दोषीहरुमाथी न अहिलेसम्म छानविन भएको छ, न नै कारवाही प्रक्रिया अंघि बढेको छ। कतिपय काण्डका पात्रहरुको बंचाऊ प्रधानमन्त्री ओली आफै अंघि सरेर गरेका छन भने कतिपय अवस्थामा सिंगो नेकपाको शक्तिको दुरुपयोग गरिएको छ। संसदीय समितिको क्षेत्राधिकार नै मिचेर प्रधानमन्त्री ओलीले कतिपय घोटाला काण्ड आफूमातहत राखेर छानविन गर्ने भनेर समिति पनि बनाए। न उनी नेतृत्त्वको समितिले छानविन गर्न सक्यो, न नै प्रतिवेदन सार्वजनिक गर्न सक्यो। मात्र जनतालाई गुमराहमा राखियो।

अख्तियारले छानबिन गर्नै मान्दैन वाइडबडी घोटालाको फाइल

स्वास्थ्यमन्त्री ढकालकै प्रत्यक्ष सहभागितामा मेडिकल सामाग्री खरिदमा अर्बौं घोटाला भएको ठहर

२४ सय पर्ने थर्मोमिटरलाई सेनाले किन्यो ५१ सयमा, १ अर्बभन्दा बढि घोटालाको आशंका !

     भ्रष्टाचारविरुद्ध आम नागरिकले सरकारतर्फ औंलो ठड्याऊंदा आम नागरिक सरकारबिरोधी भए, बिकाशबिरोधी भए, स्थिरता र सुशासनबिरोधी भए। एक एक गरि भ्रष्टाचारका काण्डहरु मिडियाले बाहिर ल्याए। मिडिया सरकारको तारो बने। सरकार उल्टै मिडियामाथी खनिदै गयो। यहाँसम्म कि शाषकहरुको जयजयकार गर्ने मिडियालाई मात्र सिंहदरवार र बालुवाटार प्रवेशको अनुमतिमात्र दिईयो।
     भ्रष्टाचार भएको छ है भनेर औंला ठड्याऊने जनता र भ्रष्टाचारका एक एक प्रमाणसहित बाहिर ल्याऊने मिडियालाई आज सरकारबिरोधी र बिकाशबिरोधी भनेर प्रधानमन्त्रीले अलाप्दै नहिंडेको भए आज यो दक्षिण एशियामैं सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमध्ये नेपाल अग्रपंक्तिमा आऊंथेन होला। नागरिकका हरेक औंलाहरु सतर्कता र निगरानीका औंलाहरु हुनेगर्दछन। मिडियाहरु यो देशका तेस्रो आँखा हुन। मिडियाले खोलिदिएको आँखा र नागरिकले ठड्याएको औंलाहरुलाई यौटा विवेकसम्मत तरिकाले बेलैमा सम्बोधन गर्न सकेको भए आज यो दुर्गती आऊनेथिएन कि प्रधानमन्त्रीज्यू?
     भ्रष्टाचार पनि गर्दिन, भ्रष्टाचार हुन दिन्न र भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्ने नारा वास्तवमैं ब्यवहारमा उतारिदिएको भए आज सांच्चिकै नयाँ युगको आरम्भ हुन्थ्यो कि? सांच्चिकै युगपुरुष पो कहलाईन्थ्यो कि प्रधानमन्त्रीज्यू?
     यौटा स्वतन्त्र मनले सोंच्नुहोस त प्रधानमत्रीज्यू, देशको अभिभावकको हैशियतले देशको बदनाम बिश्वभर हुँदा कस्तो महसुस हुन्छ होला? भ्रष्टाचारीको देश भनेर भन्दा आम नागरिकको मन कुन हदसम्म कुंडिन्छ होला र भ्रष्टाचारीको देशका नागरिकलाई गरिने व्यवहार कस्तो हुन्छ होला हगि? त्यसै त होईन होला नि हङ्गकङ्गको अध्यागमनमा नेपाली पासपोर्ट चेक गर्दा पन्जा लगाएर मात्र पासपोर्ट समातेको खबर बाहिरिएको? एकपटक गम्भीर भएर सोंच्नुहोस त प्रधानमन्त्रीज्यू नेपाली नागरिक कुन हदसम्म उपेक्षित छन बिदेशमा? कारण के हो त भन्दा मात्र भ्रष्टाचार ।
   अझै पनि समय छ। दृढ इच्छाशक्ति हुने हो भने अवको दूईवर्षमा पनि भ्रष्टाचार निवारणका क्षेत्रमा उल्लेख्य कार्य गर्न सकिन्छ। असल कामको शुरुवातको लागि कहिल्ल्यै पनि समय अभाव हुँदैन प्रधानमन्त्रीज्यू।

भ्युटावर समृद्धि कहिलेसम्म?

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११