गुल्मी – गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीको हुलमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ ।
बुटवलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा एक जना बेपत्ता छन् ।
गाडी चालक र सहचालक सकुसल भएको इस्मा प्रहरीचौकी इन्चार्ज मोहनलाल अधिकारीले बताए । घटनाबारे थप विवरण आउन बाँकी छ