ब्रेकिङ न्युज:

बागलुङमा ३८ थान अवैध भरुवा बन्दुक बरामद

जागरणपोस्ट १२ मंसिर २०७७, शुक्रबार १३:४५
बलेवा| जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाका विभिन्न ठाउँबाट ३८ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ । कात्तिक अन्तिम सातादेखि अवैध बन्दुक खोजीमा जुटेको प्रहरीले दुई हप्ताका अवधिमा ती बन्दुक फेला पारेको हो ।
  गत  कात्तिक २८ गते बडिगाड गाउँपालिका–३ सिसाखानीबाट एक थान, मङ्सिर ४ गते ताराखोला गाउँपालिका–४ का विभिन्न ठाउँबाट १२ थान, मङ्सिर ५ गते ताराखोलाकै जुल्ले सामुदायिक वनबाट चार थान, सोही वडाको हर्पुखोलाबाट चार थान, मङ्सिर ११ गते ताराखोलाकै वडा नं २ बाट नौ थान र वडा नं ५ बाट आठ थान बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले खोजतलास थालेपछि प्रयोगकर्ताले बन्दुक बेवारिसे अवस्थामा फालेको हुन सक्ने प्रहरी निरीक्षक विजय भण्डारीले बताउनुभयो । अवैध बन्दुक कसले र किन बेबारिसे अवस्थामा फालेका हुन भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११