ब्रेकिङ न्युज:

मैथिली साहित्य परिषद्लाई विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार

जागरणपोस्ट १३ मंसिर २०७७, शनिबार १४:३९
जनकपुरधाम|   यस वर्षको नेपाल विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार मैथिली साहित्य परिषद् राजविराज (सप्तरी) लाई प्रदान गरिने भएको छ ।
सरकारबाट स्थापित विद्यापति पुरस्कार कोषद्वारा पाँच विधामा वर्षेनी प्रदान गर्ने सो पुरस्कारको राशि रु दुई लाख रहेको छ ।
परिषद्ले मैथिल संस्कृति, सभ्यता, भाषा र साहित्यको संरक्षण र प्रवद्र्धनमा पु¥याएको योगदान क्रियायाशीलताका लागि सो पुरस्कार दिइने निर्णय गरिएको हो ।
कोषद्वारा आज जारी प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिइएको हो । त्यस्तै सो पुरस्कारअन्तर्गत रू एक लाख राशि भएको नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार धनुषा जिल्लाका वुषेशचन्द्र लाललाई दिने निर्णय गरिएको छ ।
उहाँलाई बिपी कोइरालाको मोदियाइन र सुम्निमा कृतिको मैथिली भाषामा अनुवादका लागि सो पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरिएको हो ।
धनुषा जिल्लाका सुजितकुमार झालाई ‘पुनि पुनि होत विवाह’ नामक अनुसन्धामूलक कृतिका लागि नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार सप्तरी जिल्लाका अमरेन्दकुमार यादवलाई ‘स्त्री आ आगि’ नामक कृतिका लागि नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार प्रदान गर्ने निर्णय गरिएको कोषद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सो पुरस्कारको राशि जनही रू.एक लाख रहेको छ । त्यस्तै सप्तरी जिल्लाका सुनिताकुमारी साह र धनुषा जिल्लाका अजितकुमार साहलाई नेपाल विद्यापति कला संस्कृति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । सो पुरस्कारको राशि जनही रू ५० हजार रहेको छ । सदस्य सचिव नवीन मिश्रका अनुसार पाँचै विद्याका पुरस्कारको वितरण चालू आर्थिक वर्षभित्र नै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४