ब्रेकिङ न्युज:

कुवेतमा एक नेपाली महिलाद्वारा आत्महत्या

जागरणपोस्ट १४ मंसिर २०७७, आईतवार १६:४३

कुवैत सिटी | कुवेतमा एक नेपाली महिलाले झुण्डीएर आत्महत्या गरेकी छिन ।

 

भरतपुर महानगर पालिका-१८ चनौली,चितवन रायगंजकी ३३ वर्षीय सितादेवी नेपाली शनिवार स्थानीय समय अनुसार बेलुका करिब ६ बजे कुवेतको फरवानिया स्थित कम्पनीको आवासमा रहेको शौचालय भित्र झुण्डीएको अवस्थामा फेला परेकी थीइन।

 

कुवेतको प्रख्यात कम्पनी लासपालमासमा बिगत ६ वर्षदेखी कार्यरत रहदै आएकी नेपालीले आत्महत्या गरेको प्रारम्भिक रिपोर्ट आएको र उनी कार्यरत कम्पनी र मृतकको परिवार संग समन्वय गरी कानुनी प्रकृयामा सहयोग गर्ने कुवेत स्थित नेपाली राजदूतावासका दितिय सचिब श्रीकृष्ण सिलवालले बाताए।

 

यद्यपी उनको पोस्टमार्टम रिपोर्ट आइसकेको छैन् । घटनाबारेमा कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

 

नेपाली घर बिदामा गएर आएको एक वर्ष मात्र भएको थियो। मृतक नेपालीको घरमा श्रीमान र एक छोरा, एक छोरी रहेका छन्।

 

कुवेतमा सवारी दुर्घटनामा परि २७ बर्षिया युवतीको मृत्यु

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११