ब्रेकिङ न्युज:

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा छिमेकी मित्र राष्ट्र चीनको सराहना

जागरणपोस्ट १४ मंसिर २०७७, आईतवार २२:१८

काठमाण्डौ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्दै आएकामा छिमेकी मित्र राष्ट्र चीनको सराहना गर्नुभएको छ । चीनका राज्य परिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपतिले नेपाल र चीनबीच शदियौँदेखि रहिआएको प्रगाढ सम्बन्ध थप सुदृढ गर्न रक्षामन्त्रीको भ्रमण कोसेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो ।

 

राष्ट्रपति र चिनियाँ रक्षामन्त्रीबीच भएको भेटमा दुई देशबीच भएको विकास साझेदारीसम्बन्धी सम्झौताको कार्यान्वयनमा जोड दिइएको राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले जानकारी दिनुभयो । सो अवसरमा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारी, नेपालका लागि चिनियाँ राजदूतसहित प्रतिनिधिमण्डलका सदस्यको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११