ब्रेकिङ न्युज:

बाबुराम भट्टराईद्वारा वरिष्ठ नेता पौडेललाई पक्राउप्रति आपत्ति जनाए

जागरणपोस्ट १७ मंसिर २०७७, बुधबार १६:५२

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादीका नेता बाबुराम भट्टराईले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको घटनाको विरोध जनाएका छन्।

नतहुँको ब्यास नगरपालिकामा पुल उद्घाटन गर्न पुगेका पौडेललाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाप्रति आपत्ति जनाउँदै भट्टराईले राजावादीलाई देशभर आन्दोलन गर्न दिएर गणतन्त्रवादीलाई पक्राउ गरिएको आरोप लगाएका छन्।

‘राजावादीहरूलाई देशव्यापी वितण्डाको छुट तर गणतन्त्तवादीलाई निषेधाज्ञा र गिरफ्तार?ओली सरकारको के हो चाला? उनकै पालामा बनेको पुल उद्घाटन गर्न सत्ताधारीहरूद्वारा किन रोक? दालमा कालो देखियो है,’ भट्टराईले भनेका छन्।

तनहुँको व्यास नगरपालिका १ र ११ जोड्ने सडकको पुल उद्घाटन गर्ने विषयमा कांग्रेस र नेकपाबीच विवाद भएको हुँदै आएको थियो।

बुधबार पौडेलले यसअघि नै बनेको पुलबाट सडक विस्तार गर्ने कामको उद्घाटन गर्ने तयारी गरेपछि नेकपा पक्षले विरोध जनाउँदै आएको थियो।

नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुनेस्थित देखापरेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा जारी गरेको थियो। प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पौडेललाई नियन्त्रणमा लिएको छ। उनलाई अझै प्रहरीले मुक्त गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११