ब्रेकिङ न्युज:

राजतन्त्र किन आवश्यक? मोहन लामा रुम्वाको बिचार

जागरणपोस्ट १७ मंसिर २०७७, बुधबार १९:३८
मोहन लामा रुम्वा
  राजतन्त्र या गणतन्त्र तपाई के रोज्नुहुन्छ ?
के तपाईं गणतन्त्रवादी हुनुहुन्छ ? हुनुहुन्छ भने भइ रहनुस तपाईं राजतन्त्र वादी भइ रहन जरुरी छैन कोही राजावादी बाट गणतन्त्रवादी बन्ने इच्छा हुने गणतन्त्रवादी बन्न जानोस केहि फरक पर्दैन, यो मुलुकमा राजाले चार चार पटक प्रधानमन्त्री बनाएका लोकेन्द्र बहादुर चन्द त गणतन्त्रको फुली भिरेर ठमक ठमक हिँड्दै छन  भने तपाईं गणतन्त्रवादी बन्दा के आपत्ति हुनसक्छ बन्नुस।
म राजतन्त्र र गणतन्त्रको पक्षमा कहिल्यै दोहोरो बहस गर्दिनँ। किनभने यो बहस भनेको भूकम्प मन पर्छ की पर्दैन राम्रो की नराम्रो भनेर बहस गरेको जस्तो लाग्छ।
राम्रो भन्नेले न त बोलाएर ल्याउन सक्छ अनि नराम्रो भन्नेले न त आएको बेला रोक्न सक्छ त्यस्तै हो राजतन्त्र को हकमा पनि !
म राजाको आवश्यकतावादी किन ?
  केहि महीना अगाडिको कुरा हो पाकिस्तानको प्रधानमन्त्री अमेरिका घुम्न गएका थिए, एअरपोर्टमा बस्ने सुरक्षागार्डले चेकिङको दौरान तिनको पुरै कपडा खोल्न लगाएर नांगै बनाएर चेक जाँच गरेको थियो !
उक्त  तस्वीर सामाजिक संजालमा भाइरल भएपछि पाकिस्तानीहरु हाम्रो अपमान भयो देशकै बेइज्जत भयो भन्दै केही समय उफ्रे पनि, उता अमेरिकाको रौं पनि हल्लेन।
हाम्रै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई चीन भ्रमणमा जाँदा ३ घण्टा एअरपोर्टमा रोकेर चेक जाँच गरेर पठाए यो अपमान नेपालको हो बाबुरामको होइन जे भए पनि ऊनी गणतन्त्र नेपालको जननिर्वाचित प्रधानमन्त्री हुन तर चीन सरकारले उनको हैसियत अनुसारको व्यबहार गरेको थियो हैसियत यही थियो र हो।
पूर्व प्रधानमन्त्री प्रचण्ड त अस्ट्रेलिया जाने अन्तिम तयारीमा रहँदा भ्रमण नै क्यान्सिल गर्न पर्यो कारण थियो अष्ट्रेलियामा प्रचण्ड पुग्न साथ एअरपोर्ट बाटै पक्राऊ गरिने भन्ने गोप्य खबर आएपछि भ्रमण नै क्यान्सिल गर्न पर्यो उता अमेरिकामा भने विभिन्न कुटनितिक पहल गरेर जान अगाडि अमेरिकि सरकारले पक्राउ नगर्ने भनेर लिखित परिपत्र जारी गरेपछि मात्रै प्रचण्ड श्रीमती लिएर उपचारमा अमेरिका गएको थियो हैसियत यस्तो छ नेपालको पुर्व क्रान्तिकारी गणतन्त्रवादी प्रधानमन्त्रीहरुको यस्तो अवस्थाको राजनेता भएको देशले बिश्व बिरदारीमा कसरी नेपालको कुटनीतिक डिल गर्ला ? सहजै अनुमान लगाउन सक्छौं !
 पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल त एउटा कोरियाली इसाईको INGO जसको प्रमुख संस्थापक नै अपराधीक मामिलामा जेल परेका थिए तिनका संस्था बाट २० वर्षमा २५ पटक बिदेश भ्रमण गरेका  रहेछन  ! त्यति मात्रै होइन त्यही संस्थाको पत्र बोक्दै नेपालको बिदेश मन्त्री निम्तो बाँड्दै हिंडे भने नेपाल सरकारले राजकीय समारोहको आयोजना गरेर छिट्टै नेपाल प्रभुको राज्य हुने छ भनेर प्रमुख अतिथिले घोषणा गर्दै समारोहको समापन गरिन
अब भन्नुस् दुई छिमेकी मुलुकमा अलग्गै धर्म संस्कृति मान्ने मुलुकको बिचमा छिटै प्रभुको राज्य स्थापना गर्ने घोषणाले यी दुई देश झसङ्ग भयो की भएन होला ?
  केहि वर्ष अगाडि बर्मेली नेतृ आङ्साङ सुकी काठमाडौ आएकी थिइन् तिनलाई भेट्न भनेर नेपालका पूर्व प्रधानमन्त्री हरु होटलमा पालो कुरेर लाइन लागेको दृश्य पत्रपत्रिकामा छापेको थियो यस्तो लाजमर्दो दृश्य नेपाल बाहेक अन्यत्र साहेतै देख्न सकिन्छ !
  एउटा अमेरिकी राजदूत एमालेको पार्टी कार्यलय बल्खुमा घुम्न आउँदा पार्टी कार्यलयमा सजाएर राखेको कार्ल मार्क्स एंगेल्स लेनिन स्टालिनको तस्वीर हतारहतार लुकाएको घटना त सबैलाई थाहै भएको कुरा हुन भने एकपटक २०६५ सालमा माओवादी भातृ संस्था YCL ले उपत्यका बन्द घोषणा गरेको थियो एकाएक राति बन्द स्थगन गर्यो त्यसको पछी कारण बुझ्दै जाँदा तत्कालीन जर्मनी राजदूतको आमा त्यही दिन जर्मन बाट नेपाल घुम्न आउँदै रहेछिन एअरपोर्टमा समस्या पर्छ त्यो दिनको बन्द सारी देउ भनेर राजदूतले आग्रह गरेपछि बन्द फिर्ता लिएको थियो।
  अस्ति भर्खरै चीनिया राष्ट्रपति सी जिन्पिङ नेपाल भ्रमणमा आउँदा नेपालको पूर्वप्रधानमन्त्री हरुलाई एकल भेटघाटको व्यवस्था गरिएको  थियो, चीनिया राष्ट्रपतिले नेपालको प्रधानमन्त्री हरुलाई जम्मा ५-५ मिनेट उभि उभि भेट दिएका थिए. यहीँबाट बुझौं हाम्रो स्थान कहाँनेर छ भनेर !
यही हो हाम्रो औकात ! चाहे तपाईं महान गणतन्त्रवादी व्यवस्था भन वा यो व्यवस्थाको नेतालाई क्रान्तिकारी अग्रगामी छलाङ्वादी युग द्रष्टा त्रिकालदर्शी जेसुकै बिल्ला भिराउ आखिर ऊनी नेपाली नेता नै हुन् उनको औकात भनेको महाशक्ति अमेरिका चीन रसीया भारतको अगाडि त्यति नै हो जति अहिले बिदेशीले व्यबहार गर्दै छ। हाम्रो सिद्धान्त हाम्रो दर्शन हाम्रो बिपी वाद भण्डारी वाद प्रचण्ड पथ हेरेर बिश्वको महाशक्तिले आफ्नो तेवर परिवर्तन गर्दैन वल्की हाम्रो कुसल अकुसल कुटनितीले उनको तेवर परिवर्तन गर्छ।
हाम्रो जस्तो भूपरिवेष्ठित बिशाल दुई छिमेकी मुलुकको बिचमा तेस्रो मुलुकको व्यवस्थापन गर्दै सन्तुलित कुटनितिक व्यवस्थापन नै मुख्य समस्या र अवसर दुबै हो। कुटनितिक सम्वादमा बस्नेको body language महत्त्वपूर्ण हुन्छ तपाई र मेरो सम्वादमा तपाईंको हैसियत महत्त्वपूर्ण हुन्छ यदि मैले फू……… गर्दा तपाईं ढल्नु हुन्छ भने र मैले फू……… गर्दा पनि हत्तपत्त नढल्ने ओजनको तपाईं हुनुहुन्छ भने बल्ल तपाई र मेरो दोहोरो लेनदेन सम्वादमा त्यसको प्रभाव पर्छ, ठिक त्यस्तै अन्तर्राष्ट्रिय कुटनितिमा यही नियम लागु हुन्छ, अहिले किन बिदेशीहरुले भाउ दिइरहेका छैनन् नेताहरूलाई भने फू……… गर्दा ढल्ने नेता छ पार्टीको हैसियत छ एउटा राजदूत सोझै चप्पल लगाएर राष्ट्रपति प्रधानमन्त्रीको चोटा कोठा चहार्दै हिंड्छ भने यस्ता नेता र परिपाटीले नेपालमा कुटनितिक राजनीतिक व्यवस्थापन सन्तुलन कसरी गर्न सक्छ ?
त्यसैले कट्टर प्रजातन्त्रवादी बिपी कोइराला होस् वा कट्टर कम्युनिस्ट मदन भण्डारी देखि मनमोहन अधिकारी सम्म नै किन नहोस् चाहेर वा न चाहेर राजतन्त्र को  आवश्यकता देख्नुको प्रमुख कारण यही थियो जुन अस्थायी जनप्रतिनिधि(चुनावी) भन्दा माथि उठेको सबैको साझा स्थायी शक्ति एउटा देशमा रहोस्।
बेलायतको राजतन्त्र एउटा प्रशासनिक स्थायी संस्था मात्रै होइन सम्पुर्ण बेलायतीलाई भावनात्मक रूपमा जोड्ने संस्था पनि हुन्, बेलायतको राजनीतिक भूगोल भन्दा बाहिर अष्ट्रेलिया देखि न्युजिल्यान्ड सम्मको नागरिकको पनि महारानी हुन् तर बेलायतमा गणतन्त्र भएको भए के त्यहाँको कुनै प्रधानमन्त्री वा राष्ट्रपति अष्ट्रेलियाको पनि प्रधानमन्त्री हुन सक्थ्यो होला र ? बिल्कुल असम्भव !
२०५६ सालतिर होला सार्क फुटबल खेलको आयोजना भएको थियो फूटबल खेलमा भारतले जित्यो पुरस्कार वितरणमा भारतिय खेलाडी सबैले युवराज दिपेन्द्र संग हात मिलाउँदै जाँदा भाईचुंग भुटियाले भने युवराज दिपेन्द्र संग हात मिलाउन अफ्ट्यारो मान्दै नमस्कार गरे ! किनकि ऊनी भारतिय त हुन तर नेपाली मुलको भारतिय नागरिक थिए भने दिपेन्द्र नेपाली युवराज थिए त्यसैले उनलेे हात मिलाउन अन्कनाएर नमस्कार गर्न पुगे यस्तो हुन्छ मनोबैज्ञानिक प्रभाव !!
 नेपाल र म्यानमार (बर्मा)वीच सन् १९६० मार्च १९ देखि औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको केही वर्षमा राजा महेन्द्रको भ्रमण म्यानमारमा भएको थियो, आफ्नो राजाको दर्शन गर्न भन्दै बर्मेली नेपालीहरु उर्लेर आए तिनीहरु लाई राजा महेन्द्रले पू्र्खाउली देशमा फर्किने भए जग्गा जमीन दिने भनेर आश्वासन दिए त्यसमध्ये केहि फर्केर आए जति आए तिनीहरु लाई प्रति परिवार दुई दुई बिघा जमीन दिएर २०२२ सालमा पुनर्स्थापित गरे, यदि त्यहाँ त्यतिबेला कुनै दलको नेता गएको भए बर्मेली नेपालीहरु झुम्मिने थिए होला र ? अवस्य झुम्मिने थिएन किनकि हाम्रो राजा भन्ने भाव नेतामा हुँदैन थियो।
राजतन्त्र आधुनिक किताबी ज्ञानको तराजुमा तौलेर मात्रै हेर्ने होइन नेपालको हजारौं वर्षको ऐतिहासिक साँस्कृतिक धरोहरको जग बाट हेर्नुपर्ने हुन्छ। यसले नेपालको नेपाली मात्रै होइन बिश्व भरि छरिएर रहेकोे करोडौं नेपाली बिचमा आस्थाको साझा चौतारी पनि बन्न सक्छ जुन कुरा ५-५ बर्षमा दलिय भागबन्डामा परेर फुत्त बन्ने राष्ट्रप्रमुख बाट यस्तो सम्भावना थिएन छैन र भएन भन्ने त कुरा त स्वयम् गणतन्त्रवादी नायक प्रचण्डलाई नै परिसकेको छ की विद्या भण्डारी प्रधानमन्त्री ओलीको सचिवालय सदस्य हुन की देशको राष्ट्रपति भनेर ! अरुको त झन् के कुरा ?
त्यसैले म नेपालमा सबैको साझा मेरुदण्डको रूपमा राजतन्त्र आवश्यकतावादी भएको हुँ।

भारी पर्यो गणतन्त्र, विलाशी भयो राष्ट्रपति पद

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११