नेकपा नेता एव परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवालीको नया केविता संग्रह स्वाभिमान सार्वजनिक भएको छ।
जीवनका विभिन्न आरोह–अवरोह र अनुभूतिहरुलाई संगालेर तयार पारिएको कविता संग्रह स्वाभिमानको आज एक कार्यक्रमका माझ सार्वजनिक गरिएको हो। स्वाभिमानमा देश प्रेमको भाव झल्कने र वर्तमान समाजका विषयहरु पनि समेटिएको छ ।
आफ्नो दोस्रो कृति स्वाभिमानलाई अपाङ्गता भएका बालबालिकालाई समर्पित गर्ने बताईएको छ। कवयत्री ज्ञवाली आफैपनि अपाङ्गता भएकी छोरीको अविभावक हुन् । संग्रहमा समेटिएको ‘सीता र भृकुटी’को माटोमा भन्ने शीर्षकमा नेपाली नारिहरु माथिको उत्पीडनलाई उतारिएको छ । यस्तै ‘कविता संग्रहको आवाज’ शीर्षक कविता कवियत्री ज्ञवालीको आफ्नै अनुभव बयान गरेजस्तो लाग्छ ।
फरक शारिरिक अवस्थाकी छोरीलाई आफ्नो मातृत्व र स्नेहले हुर्काएको अनुभूति पनि कवितामा छ । कवयत्री ज्ञवालीले कवितामा आफ्नो छोरीबाट आमाको सम्बोधन सुन्न लालायित भएको कठोर तृष्णा पनि व्यक्त गरेकी छिन् । बिक्रमसम्बत २०१९ कार्तिक महिनामा पाल्पा जिल्लामा जन्मिएकी ज्ञवाली वापमन्थी आन्दोलनमा संलग्न थिइन् । यस अघि कवयत्री ज्ञवालीको आत्मकथा ‘लाल्टिनको उज्यालोमा’ पनि प्रकाशित भैसकेको छ।