जिरो टिलेज मेसिनको प्रयोग गरी बिना खनजोत गहुँखेती

जागरणपोस्ट १९ मंसिर २०७७, शुक्रबार ०९:५५

भरतपुर :  प्रविधिको प्रयोगबाट चितवनमा बिना खनजोत गहुँखेती गर्न शुरु गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनको सहयोगमा भरतपुर महानगरपालिका–५ मा करिब ८० बिघा जमिन बिना खनजोत गहुँखेती शुरु गरिएको हो ।

जिरो टिलेज मेसिनको प्रयोग गरी गहुँखेती गरिएको कृषि ज्ञान केन्द्र चितवनका योजना अधिकृत एवं बिना खनजोत गहुँखेती प्रविधिका फोकल पर्सन उमराज अर्यालले जानकारी दिनुभयो । चितवनमा प्रविधि पहिल्यै भित्रिसकेको भए पनि यो प्रविधिबाट गहुँखेती पहिलोपटक गरिएको उहाँले बताउनुभयो । चितवनमा धान ढिलो पाक्ने र कृषकलाई पनि पटकपटक खनजोत गर्दा थप समय लाग्ने हुँदा कम लागत र राम्रो उत्पादन हुने भएकाले बिना खनजोत गहँुखेती प्रभावकारी हुने अर्यालको भनाइ छ ।

बिना खनजोत गर्ने प्रविधिका लागि प्रदेश सरकारले रु २१ लाख बजेट विनियोजन गरेको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पनि यो कार्यक्रम सञ्चालनमा छ । भरतपुरको कैलाश कृषक समूहका अध्यक्ष नीलविक्रम मल्लले भरतपुर–५ मा ८० बिघामा खेती गर्ने योजनाअनुरुप काम भइरहेको बताउनुभयो । यस वर्ष विभिन्न कारणले ढिलाइ भएकाले बिहीबार सरोकारवालाको उपस्थितिमा नमूना प्रदर्शनी गरिएको जानकारी दिनुभयो ।

“कृषकहरु उत्साहित हुनुहुन्छ, अर्को वर्षदेखि सिँचाइ भएको ठाउँमा यही प्रविधिबाट गहुँखेती गर्ने सोचेका छौँ”, उहाँले भन्नुभयो । यो प्रविधिबाट खेती गर्दा खनजोत गर्न नपर्ने, मलखाद तथा बिजमा समेत बचत हुने भएकाले किसानलाई लाभ मिल्ने छ । यो प्रविधिले किसानको समयको बचत र लागत खर्चसमेत कम हुने कृषि प्राविधिकको भनाइ छ।

तिलोत्तमा नगरपालिकाद्वारा गहुंको न्यूनतम समर्थन मूल्य निर्धारण

 

 

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८