म्याग्दीमा सुन्तला बगैँचामा किराको प्रकोप

जागरणपोस्ट २० मंसिर २०७७, शनिबार १०:४१

  बेनी :  म्याग्दीका सुन्तला बगैँचामा फैलिएको औँसा किराको प्रकोपको निरीक्षणको लागि कृषि ज्ञान केन्द्र म्याग्दीले स्थलगत निरीक्षण शुरु गरेको छ । कार्यालयका कृषि प्राविधिकको टोलीलाई सुन्तलाको पकेट क्षेत्रमा परिचालन गरी औँसा किराको प्रकोपको अवस्थाबारे अध्ययन गर्न लागिएको हो । म्याग्दीका सुन्तला पकेट क्षेत्रमा औँसा किराको प्रकोपले पाक्ने समयमा बोटका पहँेला भएका सुन्तला झर्ने समस्या बढेको छ ।

जिल्लाको बेनी नगरपालिका, रघुगङ्गा, अन्नपूर्ण, मङ्गला, मालिका र धौलागिरि गाउँपालिकामा रहेका सुन्तला पकेट क्षेत्रमा यस वर्ष बिक्री हुने सुन्तला बगैँचामा औँसा किराको प्रकोप बढेपछि कृषकको बगैँचामै पुगेर रोकथामको लागि कृषकलाई सल्लाह दिने, वास्तविक अवस्थाको तथ्याङ्क लिने र अबस्था बुझ्न थालेको कार्यालयका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिनुभयो ।

उहाँले पहिलो चरणमा कृषकलाई झरेका फललाई व्यवस्थित व्यवस्थापन गर्न आग्रह गरिएको र कार्यालयको तर्फबाट आवश्यक पर्ने प्लाष्टिक झोला निःशुल्क उपलब्ध गराइएको बताउनुभयो । झरेका फलबाट थप अन्य बोटमा समेत औँसाका किरा फैलने भएकाले कार्यालयले झरेका फललाई व्यवस्थापन गर्न अनुरोध गरेको छ । जमिनको सतहबाट एक फुट गहिरो खाँडल खनेर प्लाष्टिकको झोलामा राखेर माटोले पुर्नुपर्ने कृषि विज्ञको भनाइ छ ।

कार्यालयले स्थलगतरुपमा कृषकका बगैँचामा पुगेर प्रकोपको अध्ययन र निरीक्षण गरेको र फल टिपिसकेपछि रोकथामका लागि आवश्यक कदम चाल्ने योजना बनाएको जनाइएको छ । तत्काललाई औँसा लागेर झरेका फललाई व्यवस्थापन गर्ने र आगामी वैशाख, जेठ, असारमा वयस्क झिङ्गा व्यवस्थापनका लागि प्रोटिन बेटमा आधारित क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम सञ्चालन गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सुन्तलाको व्यावसायीकरणमा सघाउन जोन परियोजना कार्यान्वयनमा ल्याइएको भए पनि रोग र सङ्क्रमण व्यवस्थापनमा परियोजनाले ध्यान नदिएको कृषकको गुनासो छ । जिल्लाको छवटै स्थानीय तहको ७०६ हेक्टर जमिनमा सुन्तला खेती विस्तार भएको छ । गत वर्ष दुई हजार ४१२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्षसमेत सुन्तलामा लागेको औँसाको प्रकोप यस वर्ष थप बढेको छ । पाक्न लागेका सुन्तला झर्न थालेपछि यस वर्ष जिल्लामा ३० देखि ४० प्रतिशतसम्म सुन्तला उत्पादनमा गिरावट आउने अनुमान गरिएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६