लागूऔषध सहित दुई युवक पक्राउ, हतियार समेत बरामद

जागरणपोस्ट २० मंसिर २०७७, शनिबार ११:०२

काठमाडौँ । सुनसरी प्रहरीले धरान उपमहानगरपालिका–१० धर्मपथ लाइन बस्ने ३८ वर्षीय पूर्णबहादुर लिम्बुले कोठाबाट लागूऔषध ओसारपोसार गरेर ल्याई सञ्चय गरी कारोबार गर्छ भन्ने गोप्य सूचनाको आधारमा तलासी गर्दा लागूऔषध बरामद गरेको छ ।

लुकाईछिपाई राखेको अवस्थामा  ७२ क्याप्सुल, नाईट्रोसन ट्याब्लेट ६ चक्की बरामद भएको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए ।

पूर्ण बहादुरलाई लिम्बुलाई लागू औषध ओसारपोसारमा सहयोग गर्ने धरान उपमहानगरपालिका–११ का ५० वर्षीय साकुरा लिम्बु समेत पक्राउ परेका एसपी थापाले बताए । उनीहरुविरुद्ध सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एसपी थापाका अनुसार उनीहरुको साथबाट लागूऔषधसहित हतियार पनि बरामद भएको छ । फलामको तरबार १ वटा, खुकुरी १ वटा, छुरा १ वटा, एयरगन १ वटा, मोबाइल २ थान र २९ हजार पाँच सय रुपैयाँ नगद समेत बरामद भएको थापाले बताए।

थप खबर

झापाको मेचीनगर नगरपालिका १५ हल्दिबारीबाट हिजो दुई जना लागूऔषध कारोबारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर–१५ स्थित ज्यामिरगढी घर भएका २४ वर्षीय विष्णु राजवंशी र सोही वडाको पानबस्ती घर भएका १८ वर्षीय सागर पाहान रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनु भएको छ ।

पक्राउ परेका अभियुक्तहरुका साथबाट प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हेरोइन ९ब्राउनसुगर० ११।०६ ग्राम तथा ८१ हजार एक सय रुपैयाँँ नगदका साथै एक सय दश रुपैयाँ बराबरको भारतीय मुद्रा र दुई थान मोबाइल बरामद गरेको थापाले बताउनुभयो ।

विशेष सूचनाका आधारमा ज्यामिरगढीस्थित प्रहरी चौकीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

अभियुक्तहरु सवार रहेको बा ३८ प ३८८५ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतमा रहेका अभियुक्तहरुउपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।

लागु औषधसहित २ युवती र ४ युवक पक्राउ

मोटरसाइकलमा `प्रेस´को ब्यानर टांसेर लागूऔषध ओसारपसार !

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८