नयाँदिल्ली – भारतमा कोरोना सङ्क्रमित भएर सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अहिले अत्यन्त कम हुदै गएको छ ।
पछिल्लो १३६ दिनपछि शनिबार भारतमा कोरोना सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या सवैभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् ।
भारतमा शनिबार चार लाख नौ हजार ६८९ जना सङ्क्रमित अवस्थामा रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
यो सङ्ख्या पछिल्लो १३६ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयको भनाई छ ।
“सक्रिय सङ्क्रमितहरुको सङ्ख्या यो १३६ पछिको सवैभन्दा कम हो, सन् २०२० को जुलाई २२ अघि यो भन्दा कम थियो, त्यसपछि बढ्दै बढ्दै गएको थियो,” मन्त्रालयले भनेको छ ।
मन्त्रालयले पछिल्लो समयमा दिनप्रतिदिन भारतमा कोरोना सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै जाने क्रम चलिरहेको जनाएको छ ।
अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितको ४.२६ प्रतिशत मात्रे भएको मन्त्रालयको तथ्याङ्क छ ।
भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार ६५२ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या पनि अघिल्ला केही दिनदेखि घट्दै गइरहेको छ ।
त्यसैगरी पछिल्लो एक दिनमा कुल ४२ हजार ५३३ जना कोरोनाभाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएको विवरण छ ।
दुवै तथ्याङ्क हेर्दा थपिएका सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले कोरोनाभाइरसको महामारी कम हुदै गएको देखिएको छ ।
सङ्क्रमणमुक्त भएकाहरुको अनुपात ९४.२८ रहेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतमा अहिलेसम्म कुल ९० लाख ५८ हजार ८२२ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
सबभन्दा धेरै सङ्क्रमित अमेरिकामा पाइएका छन्। त्यहाँ ६२ लाख मानिस सङ्क्रमित भइसकेका छन् भने एक लाख ८८ हजारभन्दा धेरैको ज्यान गइसकेको छ।
दोस्रो स्थानमा ब्राजिल छ जहाँ ४० लाख ९१ हजारभन्दा धेरै सङ्क्रमित भेटिएका छन्। त्यहाँ एक लाख २५ हजार मानिसको ज्यान गइसकेको छ।
तेस्रो स्थानमा रहेको भारतमा तेज गतिमा सङ्क्रमण वृद्धि भइरहेको हुनाले ब्राजिललाई भारतले उछिन्ने देखिएको छ।