कोरोना भाइरस संक्रमणका कारण शून्य रहेको क्रिकेट गतिविधिलाई ब्युँताउने लक्ष्यसहित बागमती प्रदेश क्रिकेट संघको आयोजनामा गौतम बुद्ध कप आयोजना हुने भएको छ ।
भरतपुरको चितवनमा धुर्मुस सुन्तली फाउन्डेसन द्वारा जनस्तरमा निर्माण भइरहेको रहेको गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा खेल आयोजना हुने भएको हो । प्रदेश क्रिकेट संघले चितवन जिल्ला क्रिकेट संघसँग सहकार्य गर्दै प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिता संचालनका लागि बागमती प्रदेश र भरतपुर महानगरपालिकाले आर्थिक सहयोग गर्नेछन् । प्रतियोगिताको व्यवस्थापन क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले गर्नेछ ।
मंसिर २७ देखि ३० गतेसम्म चल्ने प्रतियोगितामा राष्ट्रिय टोलीको क्याम्पमा रहेका सबै खेलाडीले खेल्नेछन् । हाल क्याम्पमा रहेका खेलाडी तथा घरेलु क्रिकेटमा नाम चलेका खेलाडीसहित तीन टोली निर्माण गरिनेछ । तीन टोलीले राउन्ड रोबिन लिगपछि ३० गते फाइनल खेल्नेछन् । प्रतियोगिता टि(२० हुने वा ५० ओभरको हुने भन्नेबारे पिचको अवस्था हेरेपछि मात्र यकिन गर्न सकिने आयोजकले जानकारी दिएका छन् ।
विश्वभर कोरोना संक्रमणको कठिन परिस्थितिमा पनि क्रिकेट बिस्तारै सुरु भएको अवस्थामा क्रिकेट ब्युँताउन प्रदेश क्रिकेट संघले यो कदम चलेको हो । प्रतियोगितामा सबै सुरक्षा मापदण्ड पालना गरिने आयोजकले जनाएको छ ।
धुर्मुस सुन्तली फाउण्डेशन हास्यकलाकारद्वय धुर्मुस र सुन्तली अर्थात् नेपाली कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको जोडीले संयुक्त रूपमा खडा गरेको एक गैर नाफामूलक संस्था हो।
धुर्मुस सुन्तली फाउण्डेशन सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको संस्था हो।
वि।सं २०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको बिनाशकारी भूकम्पमा पीडित भएका व्यक्तिहरूको उद्धार, राहत, मानविय सहायता तथा भुकम्पमा भत्किएका संरचनाहरूको पुननिर्माण तथा पुनवास गर्ने उदेश्यका साथ यसको स्थापना गरिएको थियो भने हाल यस संस्थाले चितवनमा अन्तर्राष्ट्रिय स्तरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाइरहेको छ।
२० बिघाहा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने रंगशाला २५ हजार दर्शक क्षमताको रंगशालामा ४ गेट रहने छ । मुख्य गेटको डिजाइन स्तुप रहनेछ ।
रंगशालासँगै अभ्यासका लागि २ छुट्टै अभ्यास मैदान समेत हुनेछ ।
यस्तै क्रिकेट एकेडमीसहितको बन्न लागेको रंगशाला परिसरमा फुटबल, स्वीमिङ, बास्केटबल, भलिबल, डण्डीबियो लगायतका खेलको मैदान समेत बन्नेछ ।
रंगशाला जनताको सहयोग चन्दा संकलन गरेर निर्माण गरिने फाउन्डेसनले जनाएको छ ।
यस रंगशाला बनाउन एस ट्राभल्सले सर्वाधिक ३ करोड, अल्का हस्पिटलले २५ लाख, रविराज सिंहले ११ लाख र मुक्तिनाथ विकास बैकले ५ लाख दिने घोषणा गरेको समेत छ ।
गौतम बुद्ध क्रिकेट रंगशालालाई ३ करोड हस्तान्तरण