ब्रेकिङ न्युज:

पछिल्लो २४ घण्टामा थप १०२४ जना संक्रमित

जागरणपोस्ट २० मंसिर २०७७, शनिबार १६:४३

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप १०२४ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २२ सय ६ जना डिस्चार्ज भएका छन् भने १० जनाको मृत्यु भएको छ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ भने २ लाख २४ हजार ५३ जना डिस्चार्ज भएका छन्।

१४ हजार २५५ सक्रिय संक्रमित रहेको नेपालमा अहिलेसम्म मृत्यु हुनेको संख्या १५ सय ७७ पुगेको छ। क्वारेन्टिनमा ५३६ जना रहेको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा कुल १७ लाख ७८ हजार २४ जनाको पीसीआर परीक्षण भएको  छ।

हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरस संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ ।

कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ ।

कोरोना भाइरस रोगको मुख्य लक्षणहरू

ज्वरो आउने
खोकी लाग्ने
श्वाश फेर्न गाह्रो हुने

यस्ता लक्षणहरू देखा परेमा नजिकको तोकिएको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्।

 

नोभल कोरोना भाइरस बाट कसरी आफू र अरुलाई बचाउनेरु

ज्वरो र खोकी लागेको व्यक्त्तिबाट टाढा रहने वा आफूलाई ज्वरो र खोकी लागेको छ भने पनि अरू व्यक्त्तिबाट टाढा रहने र मास्कको प्रयोग गर्ने ।

खोक्दा वा हाछ्युँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको फोहर फाल्ने भाँडोमा फाल्ने र साबुन(पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाईजर प्रयोग गर्ने ।

भिडभाडमा नजाने र अरुलाई पनि नजाने सुझाव दिने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने ।

बेलाबेलामा साबुनपानीले कम्तिमा २० सेकेन्ड मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने ।

 

कोरोना प्रभावित देशबाट आएको व्यक्त्तिहरूमा माथिका लक्षणहरू देखिए स्वास्थ्य केन्द्रमा तुरून्त जानुपर्दछ । घरैमा बस्दा परिवारका सदस्यहरूबाट १४ दिन सम्म छुट्टै आईसोलेसनमा बस्नु पर्दछ ।

कपडाको मास्क लगाउने तरिका

मिचिमिचि कम्तिमा २० सेकेण्ड साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने

मास्क च्यातिएको छ कि छैन वा सफा छ कि छैन हेर्न

मास्क लगाउँदा डोरीमा समाई अनुहारमा टम्म मिल्ने गरी लगाउने

नाक, मुख र च्युँडो ढाकिने गरी लगाउने

सकभर मास्कलाई हातले नछुने

डोरी मात्र समाई मास्क फुकाल्ने

कपडाको मास्कलाई फेरी प्रयोग गर्न मिल्छ । फुकालेको मास्कलाई सफा र सुख्खा हुनेगरी राख्ने

मास्क फुकालेपछि साबुन पानीले मिचिमिचि कम्तिमा २० सेकेण्ड हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने

प्रयोग गरेको मास्कलाई हरेक दिन साबुन पानीले धुने र घाममा सुकाउने

एक अर्काबाट कम्तिमा २ मिटर टाढा बसौं । बेलाबेलामा साबुन पानीले मिचिमिचि कम्तिमा २० सेकेण्ड हात धोऔं । घरबाट बाहिर जाँदा अनिवार्य मास्क लगाऔं ।

 

निजी अस्पतालहरूले पीसीआर परीक्षणको शुल्क आफूखुसी असुल्दै

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११