ब्रेकिङ न्युज:

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११

संवैधानिक राजतन्त्र लाई अब अर्को विकल्पको रुपमा हेर्नुपर्ने समय आएको छ ।

देशलाई चरम अराजकतातर्फ धकेलेर राज्य संयन्त्रमाथि ब्रह्मलुट गर्ने उद्देश्यका साथ प्रस्तुत गरिएको सोह्र सृङ्गाररुपी गणतन्त्र यति छिट्टै असफलताउन्मुख होला भनेर सायदै चिताईएको होला।

गणतन्त्र यताका समयमा दलहरुको चरम अराजकतावादी शैलीका कारण आज मुलुक दिशाविहीन बनेको छ।

यसको जिम्मेवार  यिनै दल हुन जो आज पनि अन्य शक्ति र पक्षलाई निषेध गरेर मुलुकलाई ठूलो चक्रब्यूहमा जाकिरहेका छन्।

यस्तो भयाभह स्थितिमा मुलुकलाई सही दिशा दिन र दीर्घकालीन निकासका लागि फरक-फरक मत/दृष्टिकोण भएका दल, शक्ति, नागरिक समाज र बौद्धिक वर्गलाई एकै ठाउँमा भेला गराएर सवल/समृद्ध राष्ट्र निर्माण, जनपक्षीय संविधानको ग्यारेन्टी र दीर्घकालीन स्थायी शान्तिको रोडम्याप कोसँग छ र कसले दिनसक्छ, भनेर बहस गर्ने कि नगर्ने?

सर्वदलीय/सर्वपक्षीय सभाजस्तो लोकतान्त्रिक पद्धतिलाई नजरअन्दाज गरेर कथित् ठूला दलका असफल नेताहरुबाटै निकास निकाल्न गरिने असफल प्रयत्नको शृङ्गखला अब बन्द गरिनुपर्छ र एउटा बृहत् भेला आह्वान हुनुपर्छ।

यसले मात्र सबै दल, शक्तिको स्वीकृति प्रदान गर्छ र राष्ट्रलाई दीर्घकालीन निकासको ढोका खोल्नेछ। यतिखेर नेकपा विभाजनको संघारमा छ।

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका सहअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्राविधिक रुपमा मात्र सँगै छन्। बिबादै बिबादका माझ प्रचण्डलाई ‘हेग’ पुर्याउने आशयसहितको जवाफी हमला ओलीले केन्द्रीय सचिवालयलाई आफ्नो प्रतिवेदनका रुपमा बुझाएका छन।

तर, एमाले–माओवादी एकताका समय यो विषय या प्रचण्डको पृष्ठभूमि किन असान्दर्भिक बन्यो र आज किन सान्दर्भिक बन्दैछ? हिजो जनयुद्धमा १७ हजार नागरिकको हत्याको कुरा आयो। युद्धका कर्ताले ५ हजारको जिम्मेवारी लिए। बाँंकी हत्या कसले गर्यो?

यौटा मान्छे मार्दा जन्मकैदको सजायं हुन्छ आम नागरिकलाई, ५ हजार मान्छे मारेको भनेर खुलेआम जिम्मा लिने प्रचण्डलाई कारवाही किन भएन त?

के सत्ता र शक्तिको चरम दुरुपयोग यहिं हैन र गणतन्त्रमा? समग्रमा गणतन्त्रकै दुरुपयोग मानिंदैन र?

गणतन्त्रमा परम्परागत राजा फालियो तर, राजसंस्थाको भुतले गणतन्त्रका तन्न्रेरीहरु तर्सिन छोडेनन। प्रचण्डलाई हेग पुर्याएर `हिरो´ बनाऊनुको साटो उल्टै निर्मल निवासमा बसेका राजासंग गणतन्त्रका मतियारहरु तर्सिए।

तीनबर्ष अंघिको पूल उद्धाटन गर्दा बल्ल जागेको कांग्रेसका कारण थाहा भयो कि प्रधानमन्त्री ओली भुटन चौधरीको हत्या आरोपमा १४ बर्ष जेल परेका रहेछन। देशको लागी रहेनछ।

उसो त कांग्रेसले पनि राजामाथी बम प्रहार नगरेको होईन, विमान अपहरण नगरेको होईन र बैंक नलुटेको पनि होईन।

हत्या आरोपमा १४ बर्ष जेल बसेकाको संगत ५ हजार नागरिकको निर्मम हत्याको सहर्ष र खुलेआम जिम्मा लिने अर्को ब्याक्तिसंग छ। कमजोर धरातलमा राजावादी आन्दोलनलाई हैसे गर्ने अवस्थामा पुगेको कांग्रेसले राजामाथी नै बम प्रहार गरेको छ र पनि भनेको छ- कांग्रेस प्रजातान्त्रिक अभ्यासमा अभ्यस्त छ।

नेपालको स्थायी शक्ति पुन: अबको संवैधानिक राजतन्त्र हुनेमा कसैको बिमती नरहला। जवर्जस्ती लागू गरिएको गणतन्त्र, संघियता र धर्मनिरपेक्षताको यो बिद्रुप रुप ओली, प्रचण्ड, देउवा एण्ड मधेस ब्राण्डमा मात्र सिमित रहेन, रकेट चढेर होस या बयलगाढा चढेर होस, अमेरिका पुग्दै नपुग्दाको गणतन्त्र अब बिचमैं निमोठिने पक्का भैसकेको छ।

कारण गणतन्त्रयताका चरम बेथीती, अराजकता, दण्डहिनता, भ्रष्टाचार र कुशासन नै हुन।

थाईल्याण्डसहित विश्वका अन्य ३७ देशमा संवैधानिक राजतन्त्रात्मक व्यवस्था यथावत छ भने नेपालमा असम्भव भन्ने देखिंदैन।

संवैधानिक राजतन्त्र सार्वभौमिक रुपमैं लिखित संविधान अनुसार चल्ने गर्दछ। संवैधानिक राजतन्त्र राजतन्त्रको त्यो रूप हो जुन सार्वभौम एवं लिखित संविधान अनुसार संविधानको दायराभित्र राखिएको हुन्छ।

संवैधानिक राजतन्त्र पूर्ण साम्राज्य जमाऊन खोज्ने राजतन्त्रभन्दा बिल्कुलै फरक छ। संविधानको दायरामा आएको राजतन्त्रात्मक ब्यवस्थामा स्थापित कानुनी दायराभित्र रहि निर्धारित सीमामा रहि आफ्ना शक्ति र अधिकारलाई प्रयोग गर्न बाध्य हुनेछन।

संवैधानिक राजतन्त्रको मागसहित भएको विशाल जनप्रदर्शन को संदेश पनि यो देशमा रहेको सनातन शक्तिलाई अवलम्वन गर्न खोज्नु नै हो। २०४७ को संबिधानले पनि संवैधानिक राजतंत्र क़ायम रहने भनेर उल्लेख गरेको थियो। तर दलहरुले राजलाई धोका दिए र बाह्य हस्तक्षेपलाई खुला रूपमा आमन्त्रण गरेका कारण पनि देशमा अस्थिरताको संकट चुलिएको हो।

पूर्वराजाले पनि संवैधानिक राजसंस्थाको वकालत गर्न चाहेका हुन भने अब खुलेरै संवैधानिक राजतन्त्रका पक्षमा संघर्षमा उत्रन जनतालाई आव्हान गर्नुपर्छ । गिरिजाले प्रतिनिधिसभा पुनस्थापनाको अडान राखे झैं पूर्व राजाले पनि तत्कालीन अन्तरीम संसदले विघटन गरेको उहिं प्रतिनिसभा पुनस्थापना (संवैधानिक राजतन्त्र)को माग राखी बृहत आन्दोलनको आव्हान गर्दै जनतालाई संघर्षमा उत्रन आव्हान गर्नुपर्छ । पूर्व राजा अब राजनीतिक एजेण्डाका साथ मैदानमा उत्रनैपर्छ ।

भ्युटावर समृद्धि कहिलेसम्म?

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११