राजतन्त्रलाई अवलम्वन गर्न सकिंदैन र?

जागरणपोस्ट २२ मंसिर २०७७, सोमबार १९:२०

खगेन्द्र गिरि `कोपिला´

आजभोलि नेपालमा केही मान्छेले भनेको सुनिन्छ राजतन्त्रलाई  युग सुहाउँदो संस्था मान्न सकिंदैन। राजालाई मान्नेहरु पिछडिएका हुन्। चेतनशिल मान्छेले राजतन्त्रलाई मान्दैनन् । राजालाई मान्नु भनेको दासत्व स्विकार्नु हो”। यस्तैयस्तै तर्कले गणतन्त्र राम्रो हो भन्ने गरेको सुनिन्छ।
तर यी तर्क विश्वको यथार्थताभन्दा निकै परका तर्क हुन्। आफ्नो सिद्धान्त र वैचारिक स्वार्थमा साँगुरिएका, राष्ट्रको आवश्यकतालाई महत्व नदिने मान्छेले भन्ने कुरा हुन् यी।

बास्तवमा चेतनाको उपल्लो स्तरमा पुगेका, विचार तथा सिद्धान्तको घेरोभन्दा माथी उठेका र नीजी,सम्प्रदाय, जात तथा पार्टीको स्वार्थभन्दा देशको स्वार्थलाई ठूलो मान्ने मान्छेले नै संसारमा राजतन्त्रलाई पछ्याएको, मानेको, स्विकारेको देखिन्छ।

संसारमा गणतन्त्रलाई लुटतन्त्र र डाँकातन्त्र ठानेर, राजतन्त्रलाई राम्रो र युगअनुकुलको व्यवस्था मानेर आफ्नो देशमा राजतन्त्रलाई स्थापित, पुनर्स्थापित गरेका थुप्रै उदाहरण छन् । केही उदाहरण यस्ता छन्

सन् १६४९ मा इङ्ल्याण्डका राजा चार्ल्स प्रथमलाई मृत्युदण्ड दिएर गणतन्त्रको घोषणा गरिएको थियो। तर ठूलो रक्तपात गरेर आएको गणतन्त्रले देशको जनजीवनलाई झन् त्रस्त बनायो। फलस्वरुप ११ वर्षपछि पुन: राजतन्त्रको पुनर्स्थापना गर्न इङ्ल्याण्डको पार्लियामेन्ट वाध्य भयो। मृत्युदण्ड दिइएका उनै राजा चार्ल्स प्रथमका छोरा चार्ल्स द्वितीयलाई राजा बनाइएको थियो। राजा चार्ल्स द्वितीयको राज्यारोहण समारोहमा पार्लियामेन्टले एक स्वरमा घोषणा गरेको थियो- “राजालाई सिंहासनमा राखेर इङ्ल्यान्डले नयाँ र आधुनिक युगमा प्रवेश गरेको छ”।

संवैधानिक राजतन्त्र अर्को विकल्प

सन् १९०५ मा नर्वेले स्विडेनबाट स्वतन्त्र भएको घोषणा गर्‍यो । उसंग गणतन्त्र बन्ने बाटो हुँदाहुँदै उसले राजतन्त्र राख्ने निर्णय लियो । तर उसंग आफ्नो राजवंश थिएन । नर्वेको संसदले डेनमार्कका युवराज फ्रेडरिकसमक्ष उनको एउटा छोरालाई नर्वेको राजा बनाउनको लागि अनुरोध गर्ने निर्णय गर्‍यो। डेनमार्कका युवराजले आफ्नो माइलो छोरा राजकुमार कार्ललाई राजा बनाउन नर्वे पठाए। उनै राजकुमार कार्ललाई राजा ह्याकोनको नामकरण गरेर सन् १९०५ को नोभेम्बर २७ मा राज्यारोहण गराएर नर्वेमा राजतन्त्रको स्थापना गरियो। सो समारोहमा बोल्दै नर्वेका तत्कालीन प्रधानमन्त्री क्रिस्चियन माइकेलसनले भनेका थिए-“राजाको छत्रछायामा नर्वेको स्वतन्त्रतालाई अब कसैले हरण गर्न सक्दैन, हामी राजाको छहारीमा सुरक्षित र सबल बनेका छौं”।

सन् १९३६ मा इङ्ल्याण्ड (UK) का राजा एडवर्ड अष्टमले राज्य त्याग गरेपछि उनका भाइ जर्ज षष्ठलाई राजा बनाइयो। उनको राज्यारोहणपछि तत्कालीन प्रधानमन्त्री स्टन्ले वाल्डविनले भनेका थिए- “इङ्लिश राजसंस्थाले हाम्रो वर्तमानलाई सुरक्षित बनाएर हाम्रो भविष्यको यात्रालाई पनि दिशानिर्देशन गर्दै सहज बनाइरहने छ”।

सन् १९४५ को विश्व युद्धमा जापानले नराम्रो गरि हारेपछि अमेरिकी सेनापति जनरल मेकआर्थरले जापानमा कब्जा गरे। जापानी सम्राट हिरो हितोले अमेरिकी सेनासमक्ष आत्मसमर्पण गरे । पछि उनै अमेरिकन जनरलले जापानको संविधान बनाउन लगाएर ३ मई १९४७ मा घोषणा गरियो।
जापानी संस्कृति र इतिहासको प्रतीकको रुपमा उनै हरूवा सम्राटलाई यथावत नै राखियो। संविधान घोषणा सभामा सम्राट हिरो हितोलाई सिंहासनमा राखेर जापानका तत्कालीन प्रधानमन्त्री सिगेरु योशिदाले भनेका थिए- “सम्राटको छहारीमा जापानले नयाँ युगमा प्रवेश गरेको छ”।

सन् १९५७ अगस्ट २७ मा मलेशियाका नौ ओटा प्रान्तिय राजवंशबाट छानेर पाँच वर्षको निम्ति एउटा राजालाई संघिय मलेशियाको केन्द्रीय राजा बनाउने व्यवस्था गरेर नयाँ संविधानको घोषणा गरियो।
नेगेरी सेम्बिलान भन्ने प्रान्तका राजा टुवाङ्कु अब्दुल रहमान इब्न अल मर्हुम टुवाङ्कु मुहम्मदलाई संघिय राजा छानियो। उनको राज्याभिषेक समारोहमा मलेशियाका तत्कालीन प्रधानमन्त्री टुङ्कु अब्दुल रहमानले भनेका थिए- “हामी राजाको छत्रछायामा नयाँ सबल र सम्बृद्धिको युगमा प्रवेश गरेका छौं” ।

-स्पेनमा सन् १९३६ मा बोर्बोन वंशका राजा अल्फोन्सो अष्ठमलाई अपदस्थ गरि गणतन्त्र स्थापना गरिएको थियो।
३९ वर्षपछि सन् १९७५ मा पुन: बोर्बोन राजवंशलाई पुनर्स्थापित गरि गणतन्त्रलाई विस्थापित गरियो। सन् १९७५ को नोभेम्बर २२ मा पुराना राजा अल्फोन्सो अष्ठमका नाति हुवान कार्लोसलाई नयाँ राजा बनाएर राज्यारोहण गरिएको थियो। उक्त समारोहमा स्पेनका तत्कालीन प्रधानमन्त्री कार्लोस एरियास नाभारोले भनेका थिए -“स्पेनमा गणतन्त्रको असफल र दु:खद युग समाप्त भयो, अब हामी राजतन्त्रको छहारीमा सुनौलो युग र समुन्नत समाजको निर्माण गर्ने छौं”।

-कम्बोडियामा १८ वर्षसम्म चलेको साम्यवादी गणतन्त्रको प्रयोग अत्यन्त दुखद रह्यो। एउटा कम्युनिस्ट पार्टीलाई हराएर सत्तामा आएको अर्को कम्युनिस्ट पार्टीले पनि अधिनायकवादी गणतन्त्रलाई धेरै दिनसम्म टिकाउन सकेन । फलत: चालीस वर्ष अघिनै राज्य त्यागी राजनीतिक पार्टी खोलेर नेता बनिसकेका पुराना राजा नरोदम सिंहानुकलाई नै सन् १९९३ मा पुन: राजा बनाएर राजतन्त्र ब्युत्याइयो।
उनको राज्यारोहण समारोहमा कम्युनिस्ट प्रधानमन्त्री हुन सेनले भनेका थिए -“राजतन्त्र कम्बोडियाको स्थायित्व र एकताको प्रतीक हो। आज त्यही राजतन्त्रलाई पुन:र्स्थापित गर्दा हामीलाई हाम्रो भविष्य सुरक्षित पार्न बल मिलेको छ” ।

नेपालमा पनि यो असफल, गतिहीन र घीनलाग्दो गणतन्त्रभन्दा हिजोको राजतन्त्रनै धेरै उपयुक्त र देशको आवश्यकता अनुकुल देखिन्छ। देशको स्थायित्व र सांस्कृतिक संरक्षणको लागि त्यही राजतन्त्रलाई फेरि स्थापित पार्न खोज्ने राजतन्त्रवादीहरुको चेतना “हामी चेतनशिल छौं भनेर स्वघोषणा गर्ने नेपालका अहंकारी गणतन्त्रवादीहरु”को चेतनाभन्दा निकै फराकिलो र उच्च देखिन्छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८