विश्वकप क्रिकेट, न्यु जिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

Bijay Gyawali ४ असार २०७६, बुधबार १०:१०

आईसीसी एकदिवशीय विश्वकप क्रिकेट अन्तर्गत बुधबार दक्षिण अफ्रिकाले बर्मिङघमको एजबास्टोन रंगशालामा न्यूजिल्याण्डको सामना गर्दा उसका लागि त्यो खेल गर या मरको अवस्थामा हुनेछ । 
विश्वकपको सुरुवाती पाँच खेलबाट एकमात्र जित हासिल गरेको गएको संस्करणको सेमिफाइनलिष्ट दक्षिण अफ्रिका यस संस्करणमा सेमिफाइनलमा पुग्न बाँकी सबै खेल जित्नुपर्ने दवाबमा छ ।
गएको संस्करणमा न्यूजिल्याण्डसँग पराजित भएपछि दक्षिण अफ्रिका सेमिफाइनलबाट घर फर्किएको थियो ।  
१० टोली सम्मिलित विश्वकपको लिग चरण राउण्ड रोविन प्रणालीमा खेलाइएको छ र बाँकी  चार खेलमा उसले शतप्रतिशत जित हासिल गरेमात्र शीर्ष चार प्रवेशको सम्भावना रहन्छ । 
पछिल्लो खेलमा अफगानिस्तानलाई ९ विकेटले हराएपछि दक्षिण अफ्रिकाले जितको लय समाएको अपेक्षा गर्न सकिन्छ । तर, उच्च लयमा रहेको न्यूजिल्याण्डविरुद्धको खेल उसलाई अफगानिस्तान जत्तिको सहज निश्चित रुपमा हुने छैन । 
न्यूजिल्याण्डको बलिङ आक्रमण र शीर्ष क्रमका ब्याट्सम्यानहरुको प्रदर्शन अहिलेसम्म उत्कृष्ट हुँदै आएको छ । मध्यक्रमका ब्याट्सम्यानले धेरै खेल्ने अवसर पाएका छैनन् । बंगलादेशविरुद्धको खेलमा उसको मध्यक्रम असफल देखिएको थियो ।
दक्षिण अफ्रिकाका लागि खुशीको खबर के हो भने ह्याम्स्ट्रिङको चोटका कारण ३ खेल खेल्न नसकेका लुंगी एनगिडीले पुनरागमन गर्ने भएका छन् । दक्षिण अफ्रिको बलिङ आक्रमण उनको उपस्थितिले केही सुधारिने अपेक्षा गरिएको छ । 
एजबास्टोनको मौसम बुधबार बिहान हल्का वर्षा भए पनि दिनभर सफा रहने अनुमान गरिएको छ । यस मैदानमा भएका पछिल्ला ४ खेलमा सुरुवाती ब्याटिङ गर्ने टिमले जितेको छ ।
 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८