ब्रेकिङ न्युज:

सुनदेवी ताल ऐतिहासिक-पौराणिक पृष्ठभूमिको रहस्यमय धार्मिक स्थल

जागरणपोस्ट २३ मंसिर २०७७, मंगलवार १३:३७

कञ्चनपुर (झलारी) : कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका वडा नम्वर ८ चुरे क्षेत्रमा ऐतिहासिक सुनदेवी ताल रहेको छ । ताल छेउमा रहेको माता सुनदेवी मन्दीर र सुनदेवी तालको प्रचार प्रसारको अभावले ओझेलमा परेको छ ।

प्राचिनकालमा माता सुनदेवीले नुहाउने भएकाले सुनदेवी तालको नाम रहेको बुढापाकाहरुको अर्ति रहेको वडा नम्वर ८ का अध्यक्ष वहादुर महराले जानकारी दिनु भयो ।

ताल समुद्धि सतहवाट करिव ३५ सय मिटर उचाईमा रहेको अध्यक्ष महराले जानकारी दिनु भयो । यो ताल अरु ताल भन्दा छुट्टै विशेषता बोकेको छ । ताल र मन्दीरको वरपर हो–हल्ला गर्न नमिलने, उछृङखल गतिविधी गर्न नमिल्ने अध्यक्ष महराले वताउनु भयो ।

तालको प्रचर प्रसारका लागि यतायको साधन पुग्न आवश्यक हुने भएकाले आउदो आर्थिक वर्षमा धार्मीक र प्रकृतिलाई असर नपर्ने गरी वाटो पुगाउने लक्ष रहेको अध्यक्ष महराले वताउनु भयो ।

 

 

भगवति समुदायीक वनको चुरे फेदमा रहेको सुनदेवी ताल र तालको माथी डाँडामा रहेको मन्दीरको दर्शन गरे मनोकामना पुरा हुने भगवति सामुदायीक वनका वनपाले दुखुवा डगौरा बताउद छन । उहाँका अनुसार सुनदेवी तालको गरीमाको जति बर्णन गरेपनि पुग्दैन ।

सामुदायीक वनको वनपाले भएको १७ वर्ष पुराभैसक्यो यहाँ जंगली जनावर बाघ, हात्ती, अनिङ्गर, वदेल जस्ता धेरै घातक जनावर भएपनि विहान जंगलमा छिर्दा हे सुनदेवीमाता मेरो रक्षा गर्नु भन्छु मलाई अहिले सम्म कुनै जनाबर वाट कुने प्रकारको खतारा नभएको उहाँ सगर्व सुनाउद छन ।

जनावरहरु आफ्नो अगाडी वाट त धेरै पल्ट ओहरदोहर गर्दछन आफुले पनि उनिहरुलाई छेडखानी गर्नु पर्दैन जनावर वाट पनि कुनै खालको खतरा हुदैन उहाँले भन्नु भयो ।

उहाँले भन्नु भयो म सानै छदा यो तालको आकार यस्तै देखेको थिए हाल आएर पनि कुनै प्रकारको परिवर्तन आएको छैन ।

ताल सम्म पुग्ने बाटोको मात्र सरकाले व्यवस्था गर्ने हो भने ताल को प्रचार प्रसार हुने स्थानिय को भनाइ छ।

तालको वरीपरी रुखै रुख छन तैपनि कुनै पात पत्यङगर तालमा छैनन । ताल समय अनुसार आफ्नो रंग पनि परीवतन पनि गर्दछ । स्थानि सरकारले यो तालको महिमाको प्रचार प्रसार गर्यो भने शुक्लाफाँटा नगरपालीकाको नाम नेपाल भरी चीनाउन ठुलो मद्दत पुयउने पत्रकारले जानकारी दिए । अब सरकारको ध्यान धार्मीक तथा प्रयटकीय क्षेत्रको प्रचार प्रसार तिर जानु पर्ने उहाँको भनाई रहेको छ

 

 

सुनदेवी ताल

 

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४