रसायनिक मलको माग बढेसंगै जैविक मल बिक्रिमा ह्रास

जागरणपोस्ट २३ मंसिर २०७७, मंगलवार १६:०८

बुटवल : रुपन्देहीमा रसायनिक मलको माग बढेको बढ्यै छ । कृषि सामाग्री कम्पनी लिमिटेडले मलको माग पुर्याउन सक्दैन । तर, त्यही कम्पनीले ल्याएका जैविक मल भने बिक्री भएका छैनन् । बेच्न ल्याएको मल समेत खपत नभएपछि २ वर्षयता जैविक मल बेच्नै छोडेको छ । माटोको उर्भराशक्ति बढाउन ल्याएको कृषि चुनसमेत कार्यालयमा त्यत्तिकै थन्किएको संस्थानका भैरहवा प्रमुख पुष्यप्रसाद घिमिरेले बताउनुभयो ।

जैविक मल रसायनिकको तुलनामा सस्तो छ । कृषि प्राविधिकहरुका अनुसार यसले उत्पादन क्षमता र माटोको उर्भराशक्ति दुवै बढाउछ । माटोमा सुक्ष्म जीव र प्रांगारिक श्रोत बढाउछ । यही कारण सरकारले विषादी निरुत्साहित र प्रांगारिक उत्पादनमा जोड दिने नीति लिएको छ ।

नीति अनुसार जैविक मल उत्पादन र प्रांगारिक खेतीका लागि बजेट विनियोजन गर्दै आएको छ । तर, जैविक मल उत्पादन र बजारीकरणमा सरकारी ध्यान छैन । प्रयोगप्रति किसानलाई सचेत समेत बनाइएको छैन । जसले स्वदेशमै उत्पादन हुने जैविक मलको प्रयोगमा किसानको ध्यान नगएको तिलोत्तमा नगरपालिकाका व्यावसायिक किसान पन्नेलाल केवटले बताउनुभयो ।

कृषि मन्त्रालयका अनुसार देशभर करिब ५० वटा जैविक मलका कारखाना छन् । तर, यिनले कति मल उत्पादन गर्छन्, तिनको लेखाजोखा समेत सरकासंग छैन । विगतमा कृषि सामग्री कम्पनी लिमिटेडबाट जैविक मल वितरण हुन्थ्यो । टेन्डर फ्रक्रियाबाट खरिद गरेर किसानलाई बित्री वितरण गरिन्थ्यो । अहिले जिल्लास्तरबाट मागका आधारमा वितरण हुन्छ ।

रुपन्देहीको कोटीहवामामा जैविक मल उत्पादन गरिरहेका अमृत श्रेष्ठले व्यावसायिक खेतीबारे सिकाउने प्राविधिकहरुले किसान समूहबीच समेत रसायनिक मलको बयान गरेर जाने भएकाले किसानको ध्यान जैविक मलमा नगएको दावी गर्नुभयो

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८