नेपाली कांग्रेसको देशव्यापी प्रदर्शन शुरु, कुन ठाउँमा कुन नेता पुगे ?

जागरणपोस्ट २९ मंसिर २०७७, सोमबार १४:५९

रुपन्देही : भ्रष्टाचार, अधिनायकवाद र जनभावना विपरित सरकारको कामलाई खबरदारी गर्दै नेपाली कांग्रेसको देशव्यापी प्रदर्शन शुरु भएको छ । पार्टीको निर्णय अनुसार ७७ वटै जिल्लामा विरोध प्रदर्शन सुरु भएको हो ।
कोरोना भाईरस नियन्त्रणको नाममा भएको अनियमितता र अध्यादेशको मुद्दा पनि काँग्रेसले सडकमा उठाउने निर्णय गरेको छ । तनहुमा पुल उद्घाटनको क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध प्रशासनले गरेको दुर्व्यवहार तथा पक्राउको विषय पनि प्रदर्शनको मुद्दा बनेको छ ।

 

 

सम्बोधनका लागि सभापति शेरबहादुर देउवा मकवानपुर पुगेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौंको शान्तिबाटिकामा सम्बोधन गर्दैछन् । उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. शशांक कोइराला मोरङ, सहमहामन्त्री डा. प्रकाशशरण महत झापा, सहमहामन्त्री सुनिलबहादुर थापाले धनकुटामा सम्बोधन गर्दैछन् । त्यस्तै अर्का महामन्त्री पूर्णबहादुर खड्का भने केन्द्रीय कार्यालय सानेपामा बसेर देशभरका कार्यक्रमको जानकारी लिने र समन्वय गर्ने भूमिकामा रहेका छन् ।

 

 

त्यसैगरी पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रेपलाञ्चोक, पूर्व महामन्त्री प्रकाशमान सिंह धनुषा, पूर्व सहमहामन्त्री अजुर्ननरसिंह केसी कास्की, केन्द्रीय सदस्य डा. रामशरण महत चितवन, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव सप्तरी, युवा नेता गगन थापा कैलाली पुगेका छन् ।

रुपन्देहीको भैरहवाका विभिन्न स्थानको परिक्रमापछि सभामा परिणत हुने प्रर्दशनलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डे र नेता भरतकुमार शाहले सम्बोधन गर्ने कार्यतालिका रहेको कांग्रेस रुपन्देहीले जनाएको छ ।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८