कञ्चनपुरमा जारी प्रधानमन्त्री कप टी–२० महिला क्रिकेटमा प्रदेश तीनले पहिलो जित निकालेको छ । उसले कर्णाली प्रदेशलाई ९० रनले हरायो ।
महेन्द्रनगरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश तीनले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ५६ रन बनायो एक सय सन्ताउन्न रनको जवाफी बिजयी लक्ष्य पछ्याएर ब्याटिङ्मा उत्रिएको कर्णाली प्रदेश १५ ओभर तीन बलमा मात्र ६६ रनमा अलआउट भयो । । उसका चार खेलाडीले खाता खोल्न सकेनन् । ।
कर्णालीलाई कम स्कोरमा रोक्न खुसी डंगोलले ५ विकेट लिइन् । उनले एक ओभर तीन बलमा बिनारन ५ विकेट लिइन । नेपाली महिला क्रिकेटमा एक रन पनि नदिइ ५ विकेट लिने खुसी पहिलो खेलाडी बनिन् ।
नेपाली पुरुष क्रिकेटमा पनि एक रन पनि खर्च नगरी ५ विकेट कसैले पनि लिएका छैनन् ।