झुलाईरहने सरकारले बोलाएको वार्तामा नजाने उखु किसानको अडान

जागरणपोस्ट १ पुष २०७७, बुधबार १०:३९

काठमाण्डौ । उखु किसानले सरकारले बोलाएको वार्तामा नजाने अडान लिएका छन् । उखुको भुक्तानी नपाएर आन्दोलनमा उत्रिएका उखु किसानको समस्या समाधानका लागि सरकारले वार्ताका लागि हिजो पत्र पठाएको थियो । तर किसानले रकम भुक्तानीको ग्यारेन्टी नभएसम्म वार्तामा नजाने अडान लिएका हुन् ।

उखु किसानले आज पनि काठमाण्डौको माइतीघर मण्डलामा बिहान ११ बजेदेखि आफ्नो आन्दोलनलाई निरन्तरता दिने संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताउनुभयो । सरकारले पटक–पटक वार्ता गर्दै आश्वासन दिने तर कामलाई तिर्वता नदिने प्रवृत्ति देखाएकाले आन्दोलन छाडेर किसानहरु वार्तामा नजाने मिश्रको भनाई छ ।

भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्न भनेर गृह मन्त्रालयले जनाएको छ भने उद्योग मन्त्रालयले कारबाही गर्ने बताएको छ । तर सरकारको कुरामा विश्वस्नियता नै नभएको भन्दै सडक संघर्षलाई निरन्तरता दिने किसानहरुको भनाई छ । सरकारले निश्चित मिति तोके त्यही मितिसम्म सडकमा आन्दोलन गर्ने र पैसा पाएपछि घर फर्किने वा किसानले पाउनुपर्ने रकम कुनै सरकारी कोषबाट उपलब्ध गराएपछि उद्योगीबाट सरकारले पैसा असुल्नुपर्ने उनीहरुले सर्त राखेका छन् ।

उनीहरुले गत आइतबारदेखि आन्दोलन गरिरहेका छन् । पोहोर पनि आन्दोलनपछि रकम भुक्तानीका लागि सरकारसँग भएको सम्झौता पालना नभएको भन्दै उनीहरूले यो दोस्रो पटक आन्दोलन थालेका हुन् । चिनी मिलबाट किसानले झण्डै ८९ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको उनीहरुको दावी छ ।

आन्दोलन गर्न सडकमा उत्रीए सर्लाहीका उखु किसान

उखुको मूल्य कायम गर्न किसानको माग

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८