राष्ट्रपति कार्यालय छेउको
प्रहरी प्रशिक्षण कार्यालयलाई हटाएर
राष्ट्रपतिको हेलिप्याड राख्ने कुरा आयो,
ओलीभक्तहरु कुर्लिए, राष्ट्रपति पदको गरिमा,
पहिलेको राजकीय सवारीभन्दा
चर्को राष्ट्रपति सवारीको लस्करले
उपत्यकामा दिनहुँ जाम भइरह्यो,
ओलीभक्तहरु कुर्लिए, राष्ट्रपति पदको गरिमा,
नेपाली सेनाका नाउँमा
सबैभन्दा महँगा दुई हेलिकप्टर
र १८ करोडका गाडी खरिद गरियो,
ओलीभक्तहरु कुर्लिए, राष्ट्रपति पदको गरिमा,
तर राष्ट्रपतिले भने
नेकपाको गुट विवादमा
मध्यस्तकर्ताको भूमिकामा
शीतल निवासलाई परिवर्तन गरिदिइन्
बालुवाटारबाट जे आदेश भयो,
त्यसैमा फटाफट ठप्पा लगाइदिएर
ओलीगुटको वफादार कार्यकर्ता भइरहिन्,
तब, राष्ट्रपतिको गरिमा चकनाचूर ।
लौ ओलीभक्तहरु
झट्टै शितलनिवास जाउ,
राष्ट्रपति पदको गरिमा बचाउ ।
गुहार गुहार गुहार
-भानुभक्त आचार्य