लुम्बिनी सरकारको पछिल्लो एक बर्ष: एक वर्षमा एक अर्ब बेरुजु, ७ करोड अनियमितता

जागरणपोस्ट ३ पुष २०७७, शुक्रबार १८:२०

बुटवल:   संघीय सरकार भन्दा धेरै पूंजीकत खर्च गरेको दावी गरिरहेको लुम्बिनी प्रदेश सरकारको एक आर्थिक वर्षको बेरुजु झण्डै एक अर्ब पुगेको छ ।

यो तथ्याङकले लुम्बिनी प्रदेश सुशासन र भ्रष्टाचार नियन्त्रणमा भने कमजोर देखिएको छ । यहाँका विभिन्न मन्त्रालयहरुले बाँडेको रकम कतिपय अनियमित भएको, कतिपय प्रमाणका कागजात पेश नभएको तथा कतिपय असुल गर्नुपर्ने खालका वेबेरुजुका नाममा देखिएका छन् ।

महालेखा परिक्षकको वार्षिक प्रतिवेदनमा देखिएको बेरुजुमध्ये आर्थिक वर्ष ०७५/०७६ मा अनियमित भएको बेरुजु मात्रै ६ करोड ८४ लाख ८९ हजार रहेको छ । यस प्रदेशमा प्रधानमन्त्री केपी ओली निकट मानिने नेकपाका नेता शंकर पोखरेल मुख्यमन्त्री रहेका छन् ।

महालेखा परिक्षकको प्रतिवेदन अनुसार ०७५/०७६ को असुल गर्नुपर्ने बेरुजु २ करोड ६४ लाख ८४ हजार रहेको छ । त्यस्तै प्रमाणका कागजपत्र पेश नभएको बेरुजु ४७ करोड ५९ लाख २३ हजार रहेको छ । बाँकी बेरुजुमा केही कर्मचारीले लिएको पेश्की रकम समेत देखिएको छ ।

कुन मन्त्रालयको कति छ त वेरुजु ? प्रदेशमा सबैभन्दा धेरै बेरुजु रहेको मन्त्रालयमा भौतिक पूर्वाधार विकास मन्त्रालय रहेको छ । यस मन्त्रालयको ४४ करोड ३६ लाख ४० हजार बेरुजु देखिएको छ । त्यस्तै सामाजिक विकास मन्त्रालयको बेरुजु पनि धेरै रहेको छ ।

यस मन्त्रालयको वेरुजु ३३ करोड ८७ लाख ३१ हजार रहेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको बेरुजु ५ करोड १० लाख ५१ हजार रहेको छ । लुम्विनी प्रदेशको भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय शुरु देखि नै वदनामी हुदै आएको छ ।

यस मन्त्रालयको बेरुजु पनि धेरै नै रहेको छ । यस मन्त्रालयको १ करोड ८९ लाख ३६ हजार बेरुजु रहेको छ । त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बेरुजु ५६ लाख ४१ लाख रहेको छ । यस मन्त्रालयको अनियमित भएको बेरुजु २० लाख ६९ हजार रहेको छ ।

असुल गर्नुपर्ने बेरुजुमा भौतिक पूर्वाधार विकास मन्त्रालयको १ करोड ६६ लाख २५ हजार रहेको छ । त्यस्तै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको असुल गर्नुपर्ने बेरुजु ५६ लाख ३२ हजार रहेको छ ।

भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको असुल गर्नुपर्ने बेरुजु १९ लाख ५५ हजार रहेको छ । सामाजिक विकास मन्त्रालयको असुल गर्नुपर्ने बेरुजु १८ लाख ३१ हजार रहेको छ ।

प्रदेश सरकारको आर्थिक वर्ष ०७५/०७६ को प्रारम्भिक बेरुजु ८५ करोड ८० लाख ४ हजार रहेको थियो । प्रदेशका मन्त्रालयका अधिकारीहरुका अनुसार मन्त्रालयहरुको बेरुजु मध्ये निकै कम मात्रमा फस्र्र्योट भएको छ । बेरुजुमा लेखा समितिको चासो यता लुम्विनी प्रदेश संसदको सार्वजनिक लेखा समितिले प्रदेश सरकारको वेरुजु करोडौं देखिएपछि त्यसतर्फ चासो बढाएको छ ।

समितिले बेरुजुका बारेमा मन्त्रालयका सचिवहरुसँग जानाकारी लिएको छ भने बेरुजु फस्र्र्योटको प्रगति बिबरण उपलब्ध गराउन निर्देशन समेत दिएको छ । समितिका सभापति डिल्लीबहादुर चौधरीले महालेखा परीक्षकको कार्यालयले औल्याएको प्रदेश मन्त्रालय र मातहतका कार्यालयहरुको बेरुजु फस्र्र्योटको अवस्थाबारे मन्त्रालयका सचिवहरुसग छलफल गरिएको समाचार दैनिकलाई बताए । समितिको आगामी सोमबार र मंगलबार बैठक बस्ने र बेरुजुका बारेमा थप छलफल गरिने चौधरीले बताएका छन ।

प्रदेश ५ सरकारले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६