कांग्रेसले बोलायो सर्वदलीय बैठक

जागरणपोस्ट ६ पुष २०७७, सोमबार १०:१६

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थिति एवं संवैधानिक संकटबारे छलफल गर्न कांग्रेसले आज सर्वदलीय बैठक बोलाएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाउनुभएको जनाइएको छ । बैठकमा सरकारविरुद्ध कस्तो रणनीति बनाउने, संवैधानिक संकटको कसरी सामना गर्नेलगायतका विषयमा छलफल हुने बताइएको छ ।

सर्वदलीय बैठकमा मूलतः सत्तारूढ दल नेकपा तथा संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दल जनता समाजवादी पार्टी, राप्रपालगायत दलहरूलाई बोलाइएको छ । हिजो पनि नेकपा, कांग्रेस र जसपाको संयुक्त बैठक बसेर संसद विघटनको प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरी नया निर्वाचनको घोषणा गर्नुभएको छ । सो घटनाक्रमपछि नेपालमा संवैधानिक संकट र राजनीतिक अस्थिरता गहिरिँदै जाने विश्लेषणहरू भइरहेका छन् ।

संसद विघटनको विरोधमा सात मन्त्रीले दिए सामूहिक राजीनामा (नाम सहित)

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८