प्रधानमन्त्री ओलीले ३ बजे देशवासीका नाममा सम्बोधन गर्ने

जागरणपोस्ट ६ पुष २०७७, सोमबार १३:५०

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेको सचिवालयले जनाएको छ ।

आइतबार प्रतिनिधि सभा विघटन गरेका ओलीले अहिले भइरहेको चौतर्फी आलोचनालाई मध्यनजर गर्दै सम्बोधन गर्न लागेको बुझिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।

प्रतिनिधि सभा विघटन भइ ताजा जनादेशका लागि नयाँ चुनावको मिति आइतबार तय भएपछि यस विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८