प्रदेश ५ कै नमुना बन्दै पाल्पाको सामुदायिक विद्यालय

Bijay Gyawali ७ असार २०७६, शनिबार १०:५२

पाल्पा,, असार ७
सामुदायिक विद्यालयहरूको गुणस्तर कमजोर भएको भन्दै निजी विदयालयमा अभिभावकको आकर्षण बढेको बेला पाल्पाको तानसेन नगरपालिका वडा नं ९ मा रहेको दमकडा नमुना माध्यमिक विद्यालयले विद्यार्थीमैत्री समसामयिक र ब्यबहारिक एवम् उत्पादनशील शैक्षिक कार्यक्रमहरू सञ्चालन गरेर अभिभावकहरूको मन जित्न सफल भएको छ
साविकको मदनपोखरा ६ दमकडामा पर्ने यस विद्यालययले हाल शैक्षिक गुणस्तरका हिसाबले समेत जिल्लामै सर्वोत्कृष्ट शैक्षिक गुणस्तर कायम राख्दै नाम कहलिएका निजी विद्यालयहरूलाई समेत पछाडी पारेको छ ।
२०७४ को माध्यमिक शिक्षा परिक्षामा ३.९६ GPA का साथ ३ जना विद्यार्थीहरूलाई जिल्ला प्रथमको रुपमा उभ्याउन सफल यस विद्यालयले सञ्चालन गरेका अनेकौँ गतिविधीहरूले यतिबेला त्यस सेरोफेरोका अभिभावकहरूको मन विद्यालयतर्फ तानिएको छ । अङ्ग्रेजी र नेपाली दुबै माध्यममा माध्यमिक तहसम्म तथा कक्षा नौ देखी बार्हसम्म प्राविधिक शिक्षाअन्तर्गत सञ्चालित सिभिल इन्जिनियरिङ् सङ्कायअन्तर्गत पढाइ हुने यस विद्यालय प्रदेश नंवर पाँचको सामाजिक बिकास मन्त्रालयबाट पुरस्कृत विद्यालय समेत हो।
उत्कृष्ट शैक्षिक कार्यक्रमहरूका अलावा विद्यालयले सञ्चालन गर्ने अतिरिक्त क्रियाकलापहरूमा विद्यार्थीहरूको सक्रिय सहभागिताले समेत यो विद्यालय अब्बल बन्दै गएको विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद सापकोटाले जागरण पोस्टलाई जानकारी दिनुभयो। जिल्लामा सञ्चालन हुने बिभिन्न जिल्ला स्तरिय प्रतिस्पर्धाहरूमा समेत यस विद्यालयकै बर्चस्व रहँदै आएको छ ।
यसैबिच सो विद्यालयले सामुदायिक रेडियो मदनपोखरासंगको सहकार्यमा विद्यार्थीहरूको वाककला अभिवृद्दी गर्ने तथा विद्यार्थीका समस्याहरू विद्यार्थीले नै समाधान गर्ने गरी बिभिन्न विषयवस्तुसंगको छलफलमा आधारित भई बालबालिकासंग बालबालिका रेडियो कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।
विद्यालयका हरेक गतिविधीहरूले आफुहरूलाई प्रभावित गरेकाले यस वर्षदेखी आफ्ना छोराछोरीहरूलाई समेत निजी विद्यालयबाट निकालेर यस सामुदायिक विद्यालयमा भर्ना गरेको स्थानिय अभिभावकहरूले बताएका छन् ।

निशुल्क आवसिय सुबिधासहित दृष्टिविहिन विद्यार्थीहरूलाई समेत शिक्षा प्रदान गर्दै आएको यस विद्यालयको शैक्षिक उत्पादन देखेर वरीपरीका अन्य विद्यालयहरूले समेत विद्यालयको सिको गर्न थालेका छन् । बिभिन्न विद्यालयहरूको भ्रमणबाट प्राप्त ज्ञान, सक्षम र उर्जावान जनशक्ती, सचेत अभिभावक र ब्यवस्थित प्रशासनिक सम्यन्त्रको सहकार्यबाट विद्यालय हालको स्थितीमा आईपुगेको शिक्षक जीवन आचार्यको भनाई छ । विद्यार्थीहरूलाइ अपनत्वको भाव जगाइ शैक्षिक कार्यक्रमका अलावा उनीहरूको ब्यक्तित्व र नेतृत्व बिकासका लागी बिभिन्न १८ भन्दा बढी क्लबहरू गठन गरि विद्यार्थीहरूलाई पाठ्यक्रम बाहिरका र पाठ्यक्रम सहयोगी क्रियाकलापमा सामेल गराइएको विद्यालयले जनाएको छ ।
जिल्लामै मात्र नभएर यस विद्यालयलाई प्रदेश नंवर पाँच कै उत्कृष्ट विद्यालयको रुपमा बिकास गर्न आफूहरू तल्लिन रहेको विद्यालय ब्यवस्थापन समितीले जनाएको छ ।
सामुदायिक विद्यालयहरूको शैक्षिक स्तर कमजोर भएको भन्दै नेपाली शिक्षित समाज नै निजी शिक्षालयलाई प्रोत्साहन गर्न लागिरहेका बेला सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयको भन्दा उच्च रहेको कुरा यस विद्यालयका गतिविधीहरूले पुस्टी गरेको छ ।
अन्य सामुदायिक विद्यालयहरूले समेत यस विद्यालयबाट केही कुराहरूको सिको गरेको खण्डमा सामुदायिक शिक्षामा सुधार हुने विद्यालयसंग सम्बन्धित् सरोकारवाला ब्यक्तीहरूले बताएका छन् ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८