कुसुन्डालाई बास जोगाउनै मुस्किल

जागरणपोस्ट ७ पुष २०७७, मंगलवार ०९:२८

दाङ:   नेपालमा लोपोन्मुख जातिमध्ये कुसुन्डा पनि एक हो। राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा कुसुन्डाको जनसंख्या २ सय ७३ मात्रै छ।

तर, अध्येताहरू कुसुन्डाको संख्या तथ्यांकमा उल्लेख भएभन्दा निकै कम रहेको बताउँछन्। कुसुन्डा जातिहरू बसोबास गर्न दाङ जिल्ला पनि एक हो। यहाँ अहिले थोरै संख्यामा रहेका कुसुन्डा जातिलाई आफ्नो भाषा, संस्कृतिभन्दा पनि बास जोगाउने चिन्ता छ।

कुसुन्डा नेपालको महाभारत र चुरे पहाडको जंगली भू–भागमा फिरन्ते जीवनयापन गर्ने एक आदिवासी जनजाति हो। तर पछिल्लो समय उनीहरू जंगलमा भन्दा गाउँ(बस्तीमा बस्दै आएका छन्। तर, ऐलानी जग्गामा बस्दा कतिबेला उठीबास लाग्ने हो भन्ने चिन्तामा रहेको उनीहरू बताउँछन्।

दाङको घोराही उपमहानगरपालिका(१८ निवासी ८६ वर्षीय प्रेम बहादुर कुसुन्डा ७० वर्ष पहिले आफ्ना बुवाआमासँग जंगलमा बस्दै आएका थिए। जंगलमा बस्दा पनि स्थायी रूपमा एक ठाउँ नबसेको उनले बताए। जंगलमा बस्दा गाउँ घरतिरबाट लिएको चामल भए खाने नत्र जंगलमा पाइने तरुलहरू खाने गरेको उनको अनुभव छ।

अहिले आफ्नो दाजुभाई कोही नभएको र पछिल्लो पुस्ताले आफ्नो भाषा र संस्कृतिमा ध्यान नदिँदा हराउँदै जान लागेकोमा उनी चिन्तित देखिन्छन्। अहिले बस्दै आएको ठाउँ ऐलानी भएकाले पनि जतिसुकै बेला उठीबास लाग्ने चिन्ताले झनै सताएको छ।

दाङ लगायत गोरखा, तनहुँ, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, प्यूठान, रोल्पा, सल्यान र सुर्खेत जिल्लामा लोपोन्मुख कुसुन्डा जातिहरूको बसोबास छ। अहिले कुसुन्डा जाति वनमा फिरन्ते जीवन बिताउँदैनन्। सबै गाउँमा बस्न थालिसकेका छन्।गाउँको बसाइँसँगै उनीहरूको भाषा, संस्कृति, संस्कार पनि हराउँदै गइरहेको छ। कुसुन्डा जातिको भाषा विश्वमा रहेका मानव जातिमध्ये कसैसँग मिल्दैन।

हामीले गाउँ भैसी पनि पाल्दैनौँ, कुसुन्डा समाजका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुन्डाले भने, नेपालमा अहिले कुसुन्डा भाषा बोल्ने एक जनामात्र हुनुहुन्छ।

घोराही १८ का युवा जुद्ध बहादुर कुसुन्डाले भाषा र संस्कृति संरक्षण गर्न सबै कुसुन्डा जातिहरू एक ठाउँमा बस्नुपर्ने बताए। यत्रतत्र छरिएर बस्दा आफूहरूको भाषा र संस्कृति लोप हुँदै गएको उनलाई लागेको छ।

आफूहरू ऐलानी जग्गामा बस्दै आएको र जतिखेर पनि उठीबास हुनसक्ने चिन्तामा रहेकाले बसोबास रहेको जग्गालाई राज्यले स्थायित्व दिनुपर्ने उनको भनाई छ।

कुसुन्डा जातिले लगाउने कपडा र गरगहना हिजोआज चलनमा नभएको कुसुन्डा भाषा शिक्षक उदय आलेले बताए। उनीहरूमा वनदेवी र पितृ पूजा गर्ने चलन भएपनि पछिल्लो समय त्यसले निरन्तरता नपाएको आलेले जानकारी दिए।

भाषा, संस्कृति र परम्परा बचाउन कुसुन्डा समाज लागिपरेको छ। कुसुन्डा जातिका सबै मानिस एकै ठाउँमा बस्न सक्नेगरी एकीकृत नमूना बस्ती बनाएर भाषा संस्कार बचाइदिन कुसुन्डा समाजको माग छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८