बालबालिकालाई ‘जङ्कफुड’ खुवाउनु चुरोट खुवाउनुजस्तै हो

Bijay Gyawali ८ असार २०७६, आईतवार ०६:३५

पछिल्लो समय बालबालिकालाई फकाउने सजिलो माध्यम बनेको जङ्कफुड । तर त्यसले उनीहरुको स्वास्थ्यमा कस्तो असर गर्छ भन्नेतिर अभिभावकहरुले वास्ता गरेका हुदैनन्। कतिपय अभिभावकले त आफ्ना बालबालिकालाई खाना खान मानेनन् भने पनि उनीहरुलाई त्यस्तै जङ्कफुड खुवाउने गर्छन् । अझ कतिपयले बालबालिकालाई मोबाइल दिएर खुवाउने गर्छन् । त्यो बानी पनि राम्रो होइन ।  
हाम्रा अभिभावकले जङ्कफुड भन्नेबित्तिकै काम नलाग्ने खानेकुरा भनेर बुझ्नुपर्छ । यस्तो खानेकुरा स्वास्थ्यका लागि हानिकारक छ । अझ  बच्चाका लागि त यो झन् धेरै हानिकारक छ । अभिभावकले आफ्ना छोराछोरीलाई भान्सामा पाक्ने खानेकुराको महत्वबारे राम्रोसँग बुझाउन  नसक्दा उनीहरु घरकोभन्दा बजारमा पाइने प्याकेटको खानेकुरा बढी खान रुचाउने गर्छन् । 
अझ कतिपय अभिभावकको मानसिकता कस्तो हुन्छ भने आफ्नो बच्चाले खान नमान्दा कुरमुरे, चाउचाउ, मैदाबाट बनेका खानेकुरा, बट्टामा राखेका जुसजस्ता खानेकुरा खुवाउने गर्छन् ।  बजारमा राखेका खानेकुरा अभिभावकले सहजताका लागि बालबालिकालाई दिने चलन छ । तर सानै उमेरदेखि यस्तो खाना खुवाइएका बालबालिकाको हकमा भने उमेरअनुसार वृद्धि विकास हुँदैन । 
हाम्रो भान्सामा पाक्ने दाल, भात, तरकारी, रोटी, भटमास, मकै, बारीमा फलेको मौसमअनुसारका फलफूल हामीले बिर्सिदै गएका छौँ । घरमा पाइने खानेकुरा छोडेर बाहिरी प्याकेजिङ खानेकुराले भिटामिन, क्याल्सियमजस्ता तत्वहरु नपुग्ने खानेकुरा खुवाइरहेका छौँ ।  ।
यस्ता खानेकुराले बालबालिकालाई चाहिने पौष्टिक तत्वमा कमी ल्याउँछ । जसले गर्दा उनीहरुलाई कुपोषित भएर शारीरिक तथा मानसिक विकासमा समस्या आउँछ । प्याकेजिङ खानेकुरामा अत्यधिक मात्रामा चिल्लो, नुनिलो र गुलियो पदार्थ हुने हुनाले बालबालिकामा मोटोपन देखिन सक्छ । 
ती खानेकुरामा पौष्टिक तत्व नहुँदा सानै उमेरमा मधुमेह, उच्च रक्तचाप, हड्डी कमजोर हुनेजस्ता समस्या समेत देखिन्छन् । 
त्यस्ता खानेकुरामा विभिन्न किसिमका केमिकल मिसाइएका हुन्छन् । त्यही केमिकलले स्वाद दिन्छ र बच्चालाई एक प्रकारको लत समेत लाग्छ । एकछिन पेट भरिएकोजस्तो हुन्छ । तर, शरीरलाई पोषण भने दिँदैन । जसले गर्दा शरीरमा रोगसँग लड्ने क्षमता कम हुनुका साथै बालबालिकाहरु बिरामी समेत हुन्छन् ।
त्यसैले उनीहरुलाई आफूसँगै राखेर घरकै खाना खुवाउने गर्नुपर्छ । घरमा खाजा खुवाउँदा होस् वा बच्चालाई स्कुल पठाउँदा । घरमै बनाएका खाजा चिउरा, चना, आलु, भटमास, मकै भुटेर खुवाउने बानी पार्ने हो भने बालबालिको स्वास्थ्यमा समस्या नै आउँदैन । 
त्यसैगरी बजारमा हामीले विज्ञापनमा जङ्कफुडबारे विभिन्न कुराहरु देख्छौँ । तर ती विज्ञापनलार्ई पत्याउने हो भने त्यसलाई कसैले पनि नराम्रो भन्दैनन् । तर रक्सी र चुरोटका पनि पहिला धेरै विज्ञापन आउँथे । अहिले मानिसले त्यसका असरका बारेमा थाहा पाउँदै गएका छन् । अझ त्यसकाविरुद्ध आवाज उठाउँदै गएर विस्तारै बन्द हुँदैछन् । हो, त्यस्तै जङ्कफुड आफ्ना बालबालिकालाई दिनु भनेको चुरोट रक्सी दिएजस्तो हो । 
(पोषणविद् डा.उप्रेतिसँग गरिएको कुराकानीमा आधारित )
स्रोतः बार्हखरी

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६