कांग्रेस निर्वाचनमा जान तयार छ : अजयकुमार चौरसिया

जागरणपोस्ट १३ पुष २०७७, सोमबार १९:३१

पर्सा : चारवटै निर्वाचन क्षेत्रमा आज नेपाली कांग्रेसले विरोधसभा आयोजना गरेको हो । सङ्घीय संसद् विघटनको विरोध गर्दै नेपाली कांग्रेसले पर्साका निर्वाचन क्षेत्र नं १ को वीरगञ्ज, निर्वाचन क्षेत्र नं २ को बहोदरामाई नगरपालिका, क्षेत्र नं ३ को पोखरिया र निर्वाचन क्षेत्र नं ४ को धोवनी गाउँपालिकाको लङ्गडीमा विरोधसभा आयोजना गरेको हो ।

बहोदरामाई नगरपालिकाको बहुअरिपिडरीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य तथा मधेश विभाग प्रमुख अजयकुमार चौरसियाले पार्टी मध्यावधि निर्वाचनमा जान तयार रहेको स्पष्ट पारे । नेता चौरसियाले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको घोषणाबारे छलफल गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकले अदालतले निर्वाचनमा जाने फैसला गरे त्यसका लागि तयार हुन सबै जिल्लालाई परिपत्र पठाइसकेको जिकिर पनि गरेका छन् ।

पर्सा निर्वाचन क्षेत्र नं २ का क्षेत्रीय सभापति गम्भीरा साहका अध्यक्षतामा भएको विरोधसभालाई तत्कालीन संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य, प्रतिनिधिसभा सदस्यद्वय ओमप्रकाश शर्मा, राजेश्वर साह तेलीलगायतले मुलुकमा भ्रष्टाचार, हत्या र हिंसा अन्त्य गर्न सरकार असफल भएको आरोप समेत लगाए ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८