नेकपाको (दाहाल–नेपाल) समुहद्वारा आज देशभर विरोध प्रदर्शन

जागरणपोस्ट १४ पुष २०७७, मंगलवार ११:२८

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को (दाहाल–नेपाल) समुहले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन गर्दै छ ।
यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले पुस १४ अर्थात आज देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । प्रदर्शनका लागि पार्टीका शीर्ष नेताहरु खटिएका छन् ।

नेकपाले काठमाडौँको भृकुटीमण्डमा मध्याह्न १२ बजे सभा गर्ने जनाएको छ । सभालाई पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायत शीर्ष नेताले सम्बोधन गर्ने जनाईएको छ । टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, बागबजार, कुपण्डोल लगायत स्थानबाट जुलूस निकाल्ने तयारी गरिएको नेकपा केन्द्रीय सङ्घर्ष समितले जनाएको छ । काठमाडौं उपत्यकामा मात्र ५० हजार कार्यकर्ता उतार्ने नेकपाको योजना रहेको छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा दैनिकजसो आन्दोलन हुँदै आएका छन् । सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको थियो । त्यस्तै जनता समाजवादी पार्टी तथा अन्य विद्याथी संगठनहरुले पनि विरोध प्रदर्शन गर्दै आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड(माधव दुवै समूहले आधिकारिक नेकपा आफूहरु भएको दाबी गर्दै आएका छन् । र सोहीअनुरुप आआफ्नो पक्षलाई उकास्न विभिन्न भेला, सम्मेला तथा आन्दोलनका कार्यहरु भईरहेका छन् ।

नेकपाले संसद् विघटनविरुद्ध जनप्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समिति पनि गठन गरेको थियो । केपी शर्मा ओली सरकारले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा सडक सङ्घर्षमा उत्रिएको छ ।

एकाधको गतिविधिले पार्टीको संरचना र एकतालाई भत्काउन सक्दैन : अध्यक्ष दाहाल

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६