प्रचण्डसँगको सम्झौताले एउटा ब्रिफकेस नै भरियो : प्रम ओली

जागरणपोस्ट १५ पुष २०७७, बुधबार २०:४३

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डसँगको सम्झौताले एउटा ब्रिफकेस नै भरिएको दाबी गरेका छन ।

बुधबार काठमाडौंको कार्की बैन्क्वेटमा आयोजित सुदुरपश्चिमका नेता कार्यकताहरुको भेलालाई सम्बोधन गर्दै ओलीले आफूले पार्टी एकताका लागि प्रचण्डसँग पटक पटक सम्झौता गरेको दाबी गरेका हुन् । ‘प्रचण्डसँग कति सम्झौता गर्ने ?, मेरो एउटा ब्रिफकेस नै प्रचण्डसँगका सम्झौताले भरिएको छ, पार्टी एकता जोगाउन पटक पटक सम्झैता गरें,’ ओलीले सम्बोधनका क्रममा भने ।

सम्बोधनका क्रममा ओलीले बाँदरले अफ्नो घर पनि नबनाउने र अरुको घर पनि भत्काउँने भन्दै प्रचण्डलाई व्यंग्यात्मक प्रहार गरे । ‘बाँदरले कहि घर बनाएको देख्नु भएको छ , बनाउँदैन भत्काउँछ,’ सहभागीतर्फ प्रश्नात्मक शैलीमा धारणा राख्दै ओलीले भने ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८