नेकपा फुटबाट जोगाउन अन्तिम प्रयास, एकता समिति गठन गर्दै गौतम

जागरणपोस्ट १६ पुष २०७७, बिहीबार १३:३६

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा एकताको काम सिद्दिन भन्दा पहिलेनै बिभाजन भैसकेको छ। कानुनी रुपमा बिभाजन नभएपनि राजनैतिक रुपमा बिभाजन भैसकेको नेताहरू नै बताउँछन् ।

प्रचण्ड -नेपाल समुहको कार्यक्रममा केपि ओलि समुहलाई खुइल्याउने र केपि ओलि समूह प्रचण्ड -माधब समुहलाइ सार्बजनिक रुपमा नै खुइल्याउने दिशामा अघि बढिरहेका छन् ।

उता ,नेकपा उपाध्यक्ष समेत रहेका वरिष्ठ नेता बामदेब गौतम भने बिभाजन भन्दा बाहिर नै छन् । उनी कुनै पनि गुटमा लागेर फुटको साक्षी बन्न नसक्ने बताइरहेका छन् । अर्थात कुनैपनि कित्तामा उनी खुलेका छैनन् । उनी दुबै समुहका नेताहरू लाई भेट्दै आफू अझै पनि एकताको पहल गरिरहेको र एकताको ठाउँ राख्ने गरि कार्यक्रम गर्न आग्रह गरिरहेका छन् ।

नेपालमा बिधमान रहेको कानुन कुनैपनि दल एकता भएको पाँचबर्ष सम्म बिघटन गर्न पाइदैन भन्ने हरफ लाई उनले समातेका छन् ।

बामदेब गौतम निकट स्रोतका अनुसार बामदेब गौतम भने एकताको लागि पहलकदमी लिन एकता समिति घोषणा गर्ने तयारीमा रहेका छन् । उनले यसै सातासम्म एकता समिति घोषणा गर्ने तयारी गरिरहेका छन् । उनले फुट बाट जोगाउन अन्तिम प्रयासका लागि एकता समिति गठन गर्न लागेका हुन् ।

तर दुबै समूह आफ्नै तरिकाले हिड्दा एकताको कुनै सम्भावना नरहेको बिश्लेषक हरु र नेकपाका वरिष्ठ नेताहरू नै बताउदै आएका छन् ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८