ब्रेकिङ न्युज:

रुपन्देहीको तिलोत्तमामा जनलगानीमा रेल सञ्चालन हुँदै

जागरणपोस्ट २० पुष २०७७, सोमबार १४:२६

रुपन्देही : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रेल सञ्चालन हुने भएको छ । नगरपालिका भित्रको ५२ किलो मिटर रिङरोडमा पव्लिकको लगानीमा रेल सञ्चालनका लागि तयारी गरिएको हो ।


आइतबार तिलोत्तमा नगरपालिका चक्रपथ ट्राम रेल्वेको डिपीआर उद्घाटन गरिएको छ । तिलोत्तमा पब्लिक रेल्वे कम्पनीद्वारा ५२ किलो मिटर रिङरोडमा रेल सञ्चालन गरिने योजना बनाएको छ ।


ट्राम रेल्वेको डिपीआर उद्घाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बनसुदेव घिमिरेले पव्लिक शेयरमा सञ्चालन हुने रेलका लागि नगरपालिकाले सहयोग पुराउने प्रतिवद्वता जनाउनुभयो । रेल्वे निर्माणमा आउने बाधा अड्चन फुकाउन र सक्दो आर्थिक सहयोग गर्न नगरपानलिका तयार रहेको बताउंदै नगरप्रमुख घिमिरेल पब्लिक शेयरका कारण रेल्वे तोकिएकै समयमा सम्पन्न हुने र रेल सञ्चालन हुने बताउनुभयो । दुई वर्ष भित्र योगिकुटीदेखि रोहिणी नदीको जलासयसम्मको १४ किलोमिटर सडकमा रेल सञ्चालन हुने उहाँको भनाई छ ।

तिलोत्तमा पव्लिक रेल्वे कम्पनीका प्रबन्धक तथा नेपाल रेल्वे कम्पनी जनकपुरका पूर्व महाप्रबन्धक भोला शर्माले नगरपालिकाको समन्वयमा रेल्वे बनाएर रेल सञ्चालन गरिने बताउनुभयो । रेल सञ्चालन भएपछि सडकमा कुनै अबरोध नहुने र वातावरणमा पनि कुनै असर नपर्ने उहाँले जानकारी गराउनुभयो । ट्राम पर्यटकीय रेल भएकाले मानव बस्तीलाई कुनै अवरोध नहुने र सडकमा समस्या हुंदा बे्रक लगाएर पनि यो रेल रोक्न सकिने उहाँको भनाई छ ।

मुनस्टार इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि दाङले रेल्वे निर्माणको ठेक्का पाएको छ । अबको ७÷८ महिनाभित्र डिपीआर सम्पन्न हुने बताईएको छ । प्रारम्भिक सर्वेक्षण गरीसकिएको र करीब ६÷७ अर्ब रुपैँयाको बजेट लाग्ने अनुमान गरिएको रेल्वे कम्पनीका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिनुभयो ।

५२ किलो मिटरको दुरीमा सञ्चालन गरिने रेलका लागि १७ वटा स्टेशन बनाइने छ । आजसम्म ५०५ जना पब्लिकको शेयर रहेको र आर्थिक कमी हुने भएकाले केही दिनका लागि पब्लिकका लागि शेयर खुल्ला गरिएको सञ्चालक डिल्लीनारायण पाण्डेले जानकारी गराउनुभयो । प्रति व्याक्ति १ लाखको शेयरका लागि तत्काल २५ हजार र केही दिनपछि शेयर पुरा गर्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४