प्रचण्ड नेपाल पक्षद्वारा लुम्बिनी र गण्डकी प्रदेशका इन्चार्जलाई हटाईयो

जागरणपोस्ट २० पुष २०७७, सोमबार १८:२४

काठमाण्डौ : नेकपाको प्रचण्ड नेपाल पक्षले गण्डकी र लुम्बिनी प्रदेश इन्चार्ज रहेका पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेललाई हटाएको छ ।

सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले उनीहरूको ठाउँमा गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवालीलाई जिम्मेवारी दिने निर्णय गरेको युवराज ज्ञवालीले जानकारी दिए ।

दुवै प्रदेश इन्चार्ज ओली पक्षका थिए । आजकै बैठकले गण्डकी प्रदेशको सहइन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई राख्ने निर्णय गरेको छ भने प्रदेश कमिटी सचिवमा श्रीमाया थकालीलाई ल्याइएको छ ।

बैठकले प्रतिनिधि सभा विघटनको कदमविरुद्धको आन्दोलन सफल पार्न सिंगो पार्टी कमिटी परिचालन गर्ने निर्णय समेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८