काठमाण्डौ : भारत सरकारले नेपाल सरकारलाई बुधवार ३ सय ६ मिलियन नेपाली रुपैयाँ सहयोग गरेको छ ।
काठमाडौं स्थित भारतीय दूतावासकी मिसन उप प्रमुख नामग्या खम्पाले भूकम्पबाट प्रभावित विद्यालयहरूको पुनर्निर्माणको लागि ३ सय ६ मिलियन नेपाली रुपैयाँ राष्ट्रिय भूकम्प पुनर्निर्माण प्राधिकरणका सीईओलाई हस्तान्तरण गरेकी हुन् ।
उनले भारतले नेपालका ८ वटा जिल्लाहरूका ७१ शैक्षिक संस्थाको पुनर्निर्माणका लागि ५० मिलियन अमेरिकी डलरको प्रतिवद्धता गरे अनुसार सो रकम प्रदान गरेकी हुन् ।