राष्ट्रियसभाको अर्को बैठक भोली बस्ने, राष्ट्रिय दिगो विकास तथा सुशासन समितिमा गौतम नियुक्त

जागरणपोस्ट २३ पुष २०७७, बिहीबार १६:०७

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय दिगो विकास तथा सुशासन समितिमा नियुक्त गरेको छ । आज बिहीबार बसेको राष्ट्रिय सभा बैठकले नेता गौतमलाई सर्वसम्मत रुपमा मनोनयन गरेको हो ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम गौतमलाई मनोनय गरेको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । यस्तै बिहीबारको बैठकमा प्रधानमन्त्री केपी ओलीकोतर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मधेशी आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७ सभा समक्ष पेश गरेका थिए ।

बैठकमा वामदेव गौतम, उदयशर्मा पौडेल, कोमल ओली, रमेशचन्द्र रायमाझी, खेमलाल भट्टराई मृगेन्द्र कुमारसिंह यादव, रामनारायण बिडारी लगायतका सांसदहरुले आआफ्ना धारणा राखेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही पुष २४ गते दिउँसो १ बजे बस्ने छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८