ब्रेकिङ न्युज:

सीमा नाका खुला गर्न सिद्धार्थनगर उवा संघको माग

जागरणपोस्ट २३ पुष २०७७, बिहीबार २०:२१

रुपन्देही : सिद्धार्थनगर उद्योग वाणिज्य संघ रुपन्देहीले सीमा नाका खुला गर्न माग गरेको छ । संघले कोरोना संक्रमणबाट बच्न र बचाउन नेपाल सरकारबाट जारी गरिएका मापदण्ड तथा सुरक्षाका उपाय अवलम्बन गरी नाका पूर्ण रुपमा खुला गरी यस क्षेत्रको पर्यटकीय गतिविधि बढाउने वातावरण मिलाउन आग्रह गरेको हो ।

संघले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेमार्फत संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

विगत १० महिनादेखि कोभिड–१९ को जोखिम कम गर्न भन्दै सरकारद्धारा बन्द गरिएको नेपाल भारत सीमा नाका विशेष गरी स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक आउने बेलहिया–सुनौली नाका खुला हुनुपर्ने संघले माग गरेको छ ।

कोरोनाको कारण लगातारको बन्दको कारण संचालनमा आउन नसकेकोेले बैंक ब्याज, घरभाडा, कर, विभिन्न सरकारी राजस्व , कर्मचारी तलब आदि भुक्तानी गर्नुपर्ने दबावले पर्यटन, उद्योगी, व्यवसायीहरु ज्यादै मर्कामा परेको र व्यवसायबाट पलायन हुने वा टाट पल्टने अवस्थामा पुगिसकेका छन्, ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ लगायत पदाधिकारीहरुको उपस्थिति रहेको संघका कार्यकारी सचिव आनन्द खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११